प्रचण्डकी पत्नी सीताको तस्विर फेसबुकमा सार्वजनिक
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १९:४३:७
२९ चैत, काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । सीताका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका हुन् ।
फेसबुकमा ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दुब्लाएकी देखिन्छिन् । सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।
यतिबेला प्रचण्ड पत्नी सीता चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर गंगा दाहालले लिएकी हुन् । दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी ‘पी.एस.पी’ बाट पीडित रहेकी छिन् ।
चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाइ छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार