देउवाको विकल्पमा देखिए डा. भट्टराई
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १९:५४:५५
२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सरकार दिन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले खुट्टा कमाएको भन्दै जनता समाजवादी दलका नेता डा. बाबुराम भट्टराई अगाडि बढ्ने भएका छन् । ओलीको विकल्पमा देउवालाई अगाडि सार्ने निर्णय पार्टीले गरेको भएपनि चासो नदिएको आरोप लागिरहेका बेला डा. भट्टराई अग्रसर भएका हुन् ।
नेपाली कांग्रेसले आज बोलाएको पदाधिकारी बैठकले सत्ता समीकरणबारे ठोस निर्णय गरोस् भन्दै बिहान मात्रै डा. भट्टराईले देउवालाई फोन गरेको स्रोतको भनाई छ । गएको शुक्रबार देउवाले बोलाएको त्रिदलीय बैठकमा वैकल्पिक सरकार बनाउनेमा जसपाले ठोस जवाफ नदिएको सन्देश बाहिरिएको थियो ।
तर जसपाले अहिलेपनि देउवा नै अलमलमा परेकाले ठोस निर्णय गर्न नसकिएको भन्ने गरेको छ । आज जसपाले पनि पार्टी बैठक डाकेको छ ।जसपा अध्यक्ष उपेन्द्र यादवले समेत कांग्रेस सभापति देउवालाई ओलीविरुद्ध अविश्सास प्रस्ताव दर्ता गर्न आग्रह गरेको स्रोतको भनाई छ ।
कांग्रेसको अगुवाई अगाडि बढौं नभए जसपालाई मौका दिनुप¥यो – यादवले देउवालाई भनेको स्रोतले बतायो । आजको कांग्रेस पदाधिकारी बैठकमा जसपाको प्रस्तावमा समेत छलफल हुने बताइएको छ । उता, जसपाले आज बोलाएको बैठकमा पनि सत्ता समीकरणकै बारेमा छलफल हुने बताइएको छ । अहिले २ बजेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको छ ।
कांग्रेसले आलटाल गरे जसपा नै अगाडि बढेर ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न अग्रसर हुनुपर्ने धारणा डा. भट्टराई र यादवको रहेको छ । तर अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो भने ओली विरुद्ध तत्कालै प्रस्ताव दर्ता गर्न नहुने पक्षमा रहेका छन् । आजको बैठकले यसबारे पनि टुंगो लगाउने नेताहरुको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार