बजारमा कुखुराको मासु सर्वाधिक महंगो, बिचौलिया नाफामा
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २१:५३:२९
२७ चैत, काठमाडौं । पछिल्लो समय बजारमा कुखुराको मासु सर्वाधिक महंगो भएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा कुखुराको मासु हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार अहिले बजारमा तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको छ । कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएका कारण मूल्य पनि ह्वातै बढेको व्यवसायीहरुले बताएका छन् ।
अहिले बजारमा जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको संघले जनाएको छ । यस अघि किसानले प्रतिकिलो अधिकतम् २७० रुपैयाँ पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ ।
अहिले काठमाडौं उपत्यकामा दैनिक साढे दुई लाख किलो मासुको माग हुने गरेको छ भने देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेको छ । तर कोभिडका कारण कुखुरा उत्पादनमा प्रभाव पर्दा हाल मासुको मुल्य बढेको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा खुद्रामा ४५० रुपैयाँसम्ममा कुखुराको मासुको बिक्री हुँदा किसानले पाउने मूल्य भने किलोमा १६० रुपैयाँसम्म कम रहेको भन्दै नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले भने आपत्ति जनाएको छ । किसान र उपभोक्ता मूल्यमा देखिएको अन्तर बिचौलियाको नाफा भएको भन्दै त्यसलाई घटाउन वाणिज्य विभागले भूमिका खेल्नु पर्ने संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स
फागुन २३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार