विभिन्न जिल्लाबाट लागूऔषधसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २२:५:१३
२९ चैत, काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट २ जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले ठूलो परिमाणको लागुऔषध बरामद पनि गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित सोही नगरपालिका-१६ बस्ने गब्बर भन्ने हासिम हुसेन कवडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी जयसपुर बाँकेबाट खटिएको प्रहरीले हासिमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट करिब १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो दखिने पदार्थ सहित कोहलपुर नगरपालिका-६ रझेना बस्ने २५ वर्षीय आशिष पौडेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबियाबाट करिब १२ केजी अवैध लागूऔषध चरेश आइतबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले साथमा रहेको बोरा छाडी भागेपछि प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार