बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २३:३७:१६
२९ चैत, बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएका बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार हात्तीको आक्रमणबाट बोहराको मृत्यु भएको भन्ने खबर प्रहरीले ३ बजे पाएपछि इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले भुन्टीको शवलाई सुरक्षित स्थानमा ल्याएको छ ।
केही दिनअघि बर्दियामा बाघले आक्रमण गरी मानिसको ज्यान लिएको थियो। यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
ठाकुरबाबा नगरपालिकाको अर्को बदमासी, अदालतको आदेश लत्यायो
चैत ९, २०८० शुक्रबार
अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण
चैत ७, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार