स्याङ्जामा एमालेको समानान्तर कमिटी गठन
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २३:५६:४९
२९ चैत, स्याङ्जा । नेकपा एमाले माधव–झलनाथ पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समुह स्याङ्जाले भने नेकपा एमाले पुर्नगठन गरेको जनाएको छ ।
जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उप–सचिवत्रयमा खड्कराज सुवेदी, सन्तोष के.सी. र टिकाराम नेपालीलाई चयन गरिएको जनाइएको छ ।
यसैगरी, भेलाले ज्येष्ठ सल्लाहकार सदस्यमा लोकराज शर्मा र निलकण्ठ शर्मा वाग्ले, ज्येष्ठ कम्यूनिष्ट मञ्चमा शेखर प्रधान र नारायण गिरीलाई जिम्मेवारी दिएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा युवा संघ र अनेरास्ववीयू समिति गठन गरेको छ । युवा संघ जिल्ला अध्यक्षमा सन्तोष सापकोटा र सचिवमा मिलन भण्डारी र अनेरास्ववियू स्याङजाको अध्यक्षमा सन्तोप वस्ती र सचिवमा शिव भट्टराईलाई चयन गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए ।
सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर्नुका साथै पार्टीलाई मजबुत बनाई गाउँगाउँमा संगठन विस्तार गर्ने अभियान अघि बढाएको भट्टराईले जानकारी दिए ।
भेलामा सम्बोधन गर्दै नेकपा एमाले कन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज चुडामणी जंगलीले प्रधानमन्त्री केपी ओलीका कारण पार्टीमा विभाजन आएको बताए । उनले पार्टी सुदुढीकरणका लागी नेकपा एमाले पुर्नगठन भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार