बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थाले
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १५:१६:३६
३० चैत, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताए । “बेनीका एक हजार घरधुरीलाई रातो र हरियो रङको दुई वटाका दरले डस्टबिन वितरण गर्न थालेका छौँ”, उनले भने, “घरका सबै फोहोर ती डस्टबिनमा सङ्कलन गरेर राखिन्छ । हरियो डस्टबिनमा कुहिने र रातोमा नकुहिने फोहोर सङ्कलन हुन्छ ।”
नगरपालिकाका कर्मचारी कृष्ण शाक्यले ‘कम्प््याक्टर’ र ट्र्याक्टरले आलोपालो गरेर कुहिने र नकुहिने फोहोर घरघरमै पुगेर सङ्कलन गर्ने व्यवस्था मिलाइएको बताए । “कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई कवाडीमा बिक्री गर्ने योजना छ”, उनले भने, “फोहोर व्यवस्थापन शुल्क तिरेका घरधनीले मात्र डस्टबिन पाउनेछन् ।”
नगरपालिकाले ठेक्का प्रक्रियामार्फत रु १३ लाख ७६ हजारमा खरिद गरेको डस्टबिन घरधनीलाई आइतबारदेखि वितरण शुरु गरिएको छ । नगरप्रमुख श्रेष्ठले वडा नम्बर ७ को वीरेन्द्रचोक टोल सुधार समितिअन्तर्गतका घरधनीलाई डस्टबिन उपलब्ध गराएर वितरण कार्यको शुरुआत गरेको थियो ।
घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गरिँदा केन्द्रमा लगेपछि व्यवस्थापन गर्न सहज हुने बताइएको छ । यसअघि कुहिने र नकुहिने सबै फोहोरसँगै सङ्कलन गर्दा व्यवस्थापन गर्न असहज भएको थियो । बेनी बजारमा गरिएको अभ्यास सफल भएपछि गलेश्वर र तातोपानी बजारको फोहोर व्यवस्थापन गर्न पनि यस्तै विधि अपनाउने नगरप्रमुख श्रेष्ठले बताए ।
नगरपालिकाले रातोपहिरोमा दुई वर्षअघि फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । रु ४७ लाखमा फोहोर सङ्कलन गर्ने टहरा निर्माण र घेराबार गरिएको छ । कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाइएको छ । केन्द्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने फरक–फरक ठाउँ बनाइएको छ ।
कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्ने भनिए पनि कुहिने र नकुहिने फोहोर छुट्टयाउन नसक्दा प्रभावकारी बन्न सकेको थिएन् । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए । बेनी र गलेश्वर बजारबाट दैनिक तीन ट्र्याक्टरभन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार