पुनःनिर्मित भवनबाट प्रहरीको नियमित सेवा शुरु
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १५:४४:५२
३० चैत, रसुवा । पुनःनिर्माण गरिएको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट आफ्नो नियमित सेवा शुरु भएको छ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ वसन्तकुमार लामाले आइतबार उद्घाटन गरेपछि नयाँ कार्यालय भवनबाट सेवा शुरु भएको हो । पुनःनिर्माणअन्तर्गत कार्यालय एवं व्यारेकको साथै भान्छाघरसमेत निर्माण भएको छ । भूकम्प अगाडि ढुङ्गा माटोको कच्ची भवन रहेको स्थानमा अहिले भूकम्प प्रतिरोधको आरसिसी पक्की भवन निर्माण भएपछि सुरक्षा प्रदान कार्यमा अत्यन्तै सहज भएको प्रहरीले जनाएको छ ।
मूल्य अभिवृद्धि करसमेत रु दुई करोड ५१ लाख ७९ हजार लागतमा निर्माण सम्पन्न भएका ती भवन टिमुरे गाउँको बीच भागमा छ । पाँच हजार ७९ दशमलव २९ वर्गफिट क्षेत्रफल ओगटेको उक्त भवनमा कार्यालय, व्यारेक, भान्छा, थुनुवा कोठा, आकाशवाणी सञ्चालनको लागि सञ्चार कक्षसमेतका आवश्यक संरचना तयार भएको बताउँदै प्राविधिक इञ्जिनीयर प्रहरी निरीक्षक विमला श्रेष्ठले नवनिर्मित व्यारेक भवनमा छुट्टाछुट्टै खाटराखी ४८ जना सहजरूपले सुत्न सक्ने क्षमता भएको जानकारी दिए ।
नेपाल–चीनबीचको सीमाक्षेत्रमा रहेको उक्त प्रहरीचौकीले स्थानीय बासिन्दाको साथै सीमा क्षेत्रको सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । प्राधिकरणको अनुदान सहयोगअन्तर्गत रसुवाको बेत्रावती, स्याफ्रुबेँसी, कालिकास्थान, धुञ्चेसमेतका स्थानको प्रहरीचौकी निर्माण सम्पन्न भइसकेको छ ।
वाग्मती प्रदेश सरकारको अनुदान सहयोगअन्तर्गत हाकु, पारच्याङ, थुमन, लाङ्टाङ प्रहरीचौकी निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रहरी प्रमुख ९डीएसपी० देवेन्द्र पाण्डेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार