गैँडा बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १७:६:०
३० चैत,चितवन । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो ।
रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताउए ।
उनले भने, “गैँडा संरक्षणमा हामी सबैले गरेको प्रयास सफल भएको छ ।” कार्यक्रममा वडा नं ६ का अध्यक्ष बलराम दाहालले सौराहाको पर्यटन वन्यजन्तुमा निर्भर रहेकाले पर्यटनको मुख्य आधार नै एकसिङ्गे गैँडा रहेको बताए ।
गणनाको क्रममा निकुञ्जको पूर्वी सेक्टरमा गैँडाको सङ्ख्या वृद्धि भएको पाइएकाले अब आहार र बासस्थान संरक्षणमा काम गर्नुपर्ने उनीहरुको भनाइ थियो । सन् २०१५ मा गैँडाको सङ्ख्या ६४५ रहेकोमा बढेर ७५२ पुगेको छ । चितवनमा ६०५ बाट ६९४, बर्दियामा २९ बाट ३८ र शुक्लाफाँटामा आठबाट १७ पुगेको छ । पर्सामा तीनवटा नै यथावत् रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार