प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर सहयोग
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १८:२३:३१
२९ चैत, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग प्रदान गरेको छ । क्यापिटलले आइतबार पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट प्रदान गरेको हो ।
सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु सहयोग वितरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्य लिई आइतबार पोखरामा एक कार्यक्रम गरी विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको हो ।
क्याप्सनः कर्म फ्लाइट्स फाउण्डेसनलाई कम्प्युटर हस्तान्तरण
प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले क्यापिटलको सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने बताए ।
यसै गरी कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले यस्तो कार्यलाई निरन्तरता दिइने बताउनु भयो ।
प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने जानकारी कार्यक्रममा कर्म फ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक श्री प्रेम बहादुर कुँवरले दिए ।
शेयर तालिम कार्यक्रममा निरन्तरता
यसै गरी क्यापिटलले शेयर सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै चैत्र २७ गते काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेटमा विविए र विएसडब्लु तहमा अध्ययनरत विद्यार्थीहरुलाई आधारभूत शेयर तालिम प्रदान गरेको छ । कलेजले किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा ८५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सोही दिन नै क्यापिटलले ग्वार्को स्थित क्वेष्ट इन्टरनेशनल कलेजमा विविएमा अध्ययनरत विद्यार्थीहरुको लागि १ दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा विविएमा अध्ययनरत करिब ८३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार