नेता तान्ने होडबाजीमा ओली र प्रचण्ड
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १९:९:५
३० चैत, काठमाडौं । तत्कालिन नेकपा भित्रको अन्तर्संघर्षमा आक्रमक अवस्थामा पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वाेच्चको फागुन २३ को फैसलापछि रक्षात्मक भूमिकामा धकेलिएका छन् । नेकपा खारेज भई पूर्व एमाले र माओवादी केन्द्र पुनस्थापना भएपछि राजनीतिले कोल्टे फेरेको छ । अबको राजनीति नयाँ सरकार कि चुनाव भन्नेमै केन्द्रित देखिएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको एउटा समूह अब नयाँ सरकार बनाउने भन्दा ओलीले नै गराउने मध्यावधि निर्वाचनबाट मात्रै देशले निकास पाउने धारणा बनाएर बसेको छ । तर नेकपा माओवादी केन्द्र भने तत्कालै चुनावमा जाँदा ठूलै क्षति पुग्ने अनुमान गर्दैछ । खासगरी ओलीले गराउने चुनाव निष्पक्ष नहुने भन्दै सरकारी संयन्त्रको दुरुपयोग हुने ठम्याईमा रहेको छ ।
तर परिस्थिति भने विस्तारै नयाँ निर्वाचनतिरै सोझिएको छ । माओवादी पक्षले पनि अबको निकास निर्वाचनबाटै खोज्ने पक्षमा सबै पुगेकाले आफूहरु पनि त्यही बाटो हिंड्नुपर्ने निश्कर्षमा पुगेको प्रतीत हुुन्छ । त्यसैले गएको शनिबार एउटा कार्यक्रमका प्रचण्डले भनेका थिए–अब हुने निर्वाचनमा ओलीलाई चौथो स्थानमा पु¥याइनेछ ।
त्यसका लागि उनले रामै्र गठबन्धन र मोर्चाबन्दी गर्नुपर्ने अवस्था छ । ओली सत्तामा रहुञ्जेल वाम गठबन्धन र मोर्चाबन्दीमा आघात पुग्ने माओवादीको ठहर छ । त्यसैले अब एमालेलाई कमजोर बनाउने अभियानलाई तीब्रता दिन माओवादी पक्ष जुर्मुराएको छ । पहिलो काम आफ्नो पक्षबाट एमालेमा लागेकाहरुको हाँगा छिमल्ने माओवादीले रणनीति बनाएको छ । ओलीलाई कमजोर बनाउन पहिलो काम आफ्नो पार्टीबाट चुनाव जितेर एमालेमा लागेकाहरुलाई कारबाही गर्न सुरु गरेको छ ।
संघीय संसद्मा सांसद् रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरिसकेको छ । यो क्रम प्रदेश तहमा समेत विस्तार गरेको छ । ओली पक्षलाई कमजोर बनाउने काम पहिला त यिनीहरुलाई कमजोर बनाएपछि मात्र हुने ठम्याई माओवादीको देखिन्छ । त्यसैले आजै मात्र उसले प्रदेश नं. २ का चार जना सांसदलाई कारबाही गरेको छ ।
पार्टीले विगतमा माओवादीबाट निर्वाचित भइ हाल ओली पक्षमा लागेको भन्दै प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा,ज्वाला साह र मोहमद समिरलाई पदमुक्त गर्न संसद्का सभामुखलाई पत्राचार गरिसकेको छ । अब आजैको बैठकमा उक्त सूचना पढेर सभामुखले सुनाएलगत्तै चारैजना पदमुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।
संघ र प्रदेशसभामा आफूलाई धोका दिनेहरुलाई कारबाही गर्दै माओवादीले ओलीको संगठन ध्वस्त बनाउने अभियानलाई तीब्रता दिने संकेत गरेको छ । तर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने माओवादी पक्षका गतिला सबै नेता आफूतिर ल्याउने रणनीतिमा रहेका छन् ।
स्रोेत भन्छ–अबको केही दिनमै माओवादीमा पहिरो जानेवाला छ । ठूलै हैसियतका नेताहरु एमाले प्रवेश गर्दैछन् । हरिबोल गजुरेललगायत शीर्ष तहका नेताहरुसँग पनि कुरा भइरहेकाृे उनले बताए । लोकेन्द्र विष्ट पनि एमाले प्रवेश गर्ने सम्भावना स्रोतले औंल्यायो । यसरी हेर्दा ओली र प्रचण्ड एकले अर्कालाई कमजोर बनाउने दाउपेच गरिरहेको अवस्था छ । जसले सक्यो अर्काकोे पक्षमा खेल्ने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार