म्याग्दीमा डढेलोले सामुदायिक वन सखाप
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १९:५३:१९
३० चैत,म्याग्दी । म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबारसम्म म्याग्दीको ११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले दैनिक पाँच/छ ठाउँमा डढेलो लागिरहेको बताए । ‘‘बस्ती नजिकैका प्रायः सबै भीर र जोडिएको जङ्गलमा डढेलो छ,” सहायक वन अधिकृत क्षेत्रीले भने, “डढेलो नलगाउने प्रचलन रोक्न अनेक प्रयत्न गरियो तर सफल भएको छैन् ।” चैत महिना शुरु भएदेखि डढेलो बढेको क्षेत्रीले बताए ।
धौलागिरि, मङ्गला र मालिका गाउँपालिकाको उपल्लो भेगका प्रत्येक बस्ती नजिकैका वनमा डढेलो लागेको छ । वनपाखा र भीरमा लागेको डढेलोको धुवाँ र कच्ची सडकमा गाडीले उडाउने धुलोले वायु प्रदूषण बढेको छ । बेनीको वायुमा १२५ पीएम प्रदूषण देखिएको छ ।
राम्रो घाँस पलाउने गलत बुझाइका कारण गोठालाले वनमा डढेलो लगाउने गर्छन् । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले पनि वनमा आगो लगाउने गरेको कार्यालयले जनाएको छ । डढेलोका कारण वन्यजन्तु र पक्षीको बासस्थान नष्ट भएको छ । कतिपय वन्यजन्तु र पक्षीले डढेलोमा ज्यान गुमाएका छन् । जडीबुटी र स–साना बिरुवा आगोले जलेर नष्ट भएको छ ।
वन डढेलो नियन्त्रण गर्न जिल्लास्तरीय एक र छ वटै स्थानीय तहमा सब–डिभिजन डढेलो नियन्त्रण सञ्जाल गठन भएका छन् । वन कार्यालयको अभिलेखअनुसार डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी र वन कर्मचारीलाई खाजा मात्र रु एक लाख ५० हजार खर्च भइसकेको छ । डढेलो लागेको सूचना दिन सञ्जालका पदाधिकारीलाई १५ हजारको रिचार्ज कार्ड बाँडेको छ ।
‘‘खडेरीसँगै वनमा डढेलोको खबर आउन थालेको छ,’’ निमित्त डिभिजन वन अधिकृत सन्तोष खनालले भने, ‘‘सामुदायिक वनमा अलि कम छ, राष्ट्रिय वन जोगाउन मुस्किल छ । सामान्य सुकेको घाँस र सतहको पातपतिङ्गर मात्र जले समस्या होइन, बिरुवाको जरा नै जल्ने गरी डढेलो फैलिएको छ ।’’
म्याग्दीको दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार २६० हेक्टर, एक्यापले तीन हजार ७५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४३९ हेक्टर वनमध्ये २४ हजार २०२ हेक्टर वन ३१० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ ।
जिल्लामा करीब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो । ‘‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन,’’ खनालले भने, ‘‘डढेलोको राम्रो अभिलेख पनि हामीसँग छैन । कर्मचारी त खटाएका छौँ तर सूचना आएको छैन । बस्तीभन्दा धेरैमाथि राष्ट्रिय वन भएकाले पनि नियन्त्रणमा चुनौती छ ।’’
गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागीका कारण रुख बिरुवासँगै वन्यजन्तुको पनि नाश भइरहेको छ । वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । जलवायु परिवर्तन हुनु र लामो समय खडेरी पर्दा सुक्खा भई धेरै आगलागी हुने गरेको खनालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार