कोरोनाविरुद्ध सचेत गराउदै ट्राफिक प्रहरी
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २०:२:९
३० चैत,काठमाडौं । प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।
‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए । “यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,” उनले भने।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोरोनाबाट बच्नका लागि यातायात क्षेत्रका मजदूरले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताए । महासंघका महासचिव पूण्यप्रसाद (सरोज) सिटौलाले बसभित्र बढी भीडभाड नगरी चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गरेमात्र सार्वजनिक यातायातमा कोरोना फैलिने क्रममा कमी आउने उल्लेख गरे ।
कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टाँस्नुका साथै चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको थियो । सोही कार्यक्रममा सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्नु हुन महाशाखाले विशेष अनुरोध समेत गरेको छ । महाशाखाले आगामी दिनमा कोरोना भाइरसबाट चालक, सहचालक र यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा नागरिक सचेतना जगाउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार