के देउवामा पनि ओली चरित्र मौलाउँदै छ ?
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २१:२३:१७
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अब नेपाली कांग्रेसको नेतृत्व युवाहरुको काँधमा आउने भएकोले युवाहरुको अहम र नेतृत्वदायी भूमिकाको आवश्यकता स्पष्ट पारेका छन् ।
अबको नेपाली कांग्रेसलाई नयाँ नेतृत्वले अगाडि लिएर जाने र त्यसमा युवाहरुको उल्लेख्य सहभागिता रहने स्पष्ट पारेका छन् । नेपाली कांग्रसमा युवाहरुको नेतृत्वदायी भूमिका नभएकै कारण अहिले कांग्रेसको निर्णय प्रकृया अस्तव्यस्त भएको बताउनु हुदै नेतृत्वमा हार्ड एण्ड फास्ट निर्णय क्षमता आवश्यक हुने कुरामा कांग्रेस चुकिरहेको बताएका छन् ।
अब पार्टी भित्र सधैं पर्ख र हेरको सिद्धान्त लागू नहुने बताउदै डा. शेखरले पार्टीले गर्ने हरेक निर्णयहरु नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नजिकैबाट वाच गरिरहेका हुनाले कतिपय निर्णयहरु पार्टीको कार्यक्रम र कार्यदीशामा नभए पनि आम कार्यकर्ताहरुको भावना र चाहना अनुरुपका पनि हुनुपर्ने बताएका छन् । वर्तमान नेपाली कांग्रेस बिग्रिनु र यस्तो हालतसम्म आईपुग्नुमा वर्तमान नेतृत्वको हात रहेको समेत डा. शेखरले बताएका छन् ।
वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको निर्णय प्रक्रियामा देखिएको ढिलासुस्ती र अल्छिपनाले नेपाली कांग्रेसलाई जनताका सामु बदनाम मात्रै बनाउदै लगिरहेको छ । यसले नेपाली कांग्रेसलाई थप क्रियाशिल बनाउन नसक्ने कुरामा अहिले कांग्रेस बृत्तमासमेत चर्को आलोचना खेपिरहेको छ ।
प्रचण्ड, माधव, बाबुराम, ठाकुर र यादवहरुले देउवा निवास बुढानिलकण्ठ धाउँदा–धाउँदा जुत्ताका तलुवा फटाए पछि अब देउवाबाट काम नबन्ने निष्कर्शमा पुगेको देखिदैछ । पटक–पटक राजनैतिक निकासका लागि देउवा निवास धाएका राजनैतिक दलका नेताहरु देउवा स्वयं आफु प्रधानमन्त्री बन्नु भन्दा पनि ओलीलाई सजिलो बनाउन किन यत्तिका मरिहत्ते गरिरहेका छन् ?
आप्mनै पार्टी कार्यालय सानेपा भन्दा बढी केपी शर्मा ओलीको बासस्थान बालुवाटारको मुख ताक्ने प्रबृत्तिले अरुलाई भन्दा पनि वर्तमान कांग्रेस सभापति शेर बहादुर देउवालाई नै घाटा पुर्याईरहेको कुरामा स्वयं उनलाई थाहा हुनु पर्ने हो । यदि थाहा पाउन नसके पनि उनका सल्लाहकारहरुले जानकारी गराउनु पर्ने हो । तर, उनमा देखिएको राजनैतिक निस्कृयताले सिंगो नेपाली कांग्रेसले पटक–पटक प्राप्त गर्न लागेका अवसरहरु गुमिरहेका देखिन्छन् ।
समयमै राजनैतिक निर्णय लिन नसक्दा र ओलीलाई सजिलो बनाईदिने परिपार्टीलाई निरन्तरता दिंदा कांग्रेस सभापति देउवाकै कारण नेपाली कांग्रेसको पोल्टामा आएका प्रधानमन्त्रीको पद गुम्ने प्राय निश्चित झै भैसकेको छ । बेलैमा राजनैतिक दलहरुसँग छलफल मात्रै चलाएको भए पनि मुलुकले अधियाकवादका मतियार ओली नेतृत्वको सरकारले बहिर्गमनको बाटो समाति सक्दथ्यो ।
वर्तमानको देउवा प्रबृत्ति भने ठ्याक्कै ओली चरित्र भन्दा कुनै तात्विक परक देखिएको छैन । जसका कारण नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुमा हिनताबोध र नैराष्यता बढदै जान थालेको देखिएको छ ।
पटक–पटक प्रचण्ड, माधव, बाबुराम, ठाकुर र यादवहरुले देउवा निवास बुढानिलकण्ठ धाउँदा–धाउँदा जुत्ताका तलुवा फटाए पछि अब देउवाबाट काम नबन्ने निष्कर्शमा पुगेको देखिदैछ । पटक–पटक राजनैतिक निकासका लागि देउवा निवास धाएका राजनैतिक दलका नेताहरु देउवा स्वयं आफु प्रधानमन्त्री बन्नु भन्दा पनि ओलीलाई सजिलो बनाउन किन यत्तिका मरिहत्ते गरिरहेका छन् ? भनेर असमञ्जस्यतामा परेका छन् ।
नेपाली कांग्रेसका पार्टी सभापति किन अहिले अत्यन्तै अवसरवादी निक्सिए ? भनेर सिंगो नेपाली कांग्रेस पार्टी पंक्तिमा निराशा छाएको छ । अहिले नेपाली कांग्रेस बृत्तमा यो बिषयले चर्चा पाईरहेको छ कि के त्यस्तो कारण छ कि ओली देख्नासाथ देउवा निन्द्रामै तर्सिने गरी हच्किन्छन् ?
यदि सिंगो पार्टीको सभापति बन्ने नचाहने ओलीलाई जस्तै रोग लागेको हो भने यसले नेपाली कांग्रेसलाई पनि वर्तमान ओली एमाले बन्नबाट रोक्न सक्ने गरिको तगारो समेत कहि कतै पनि देखिदैन । यस बिषयमा स्वयं नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समयमै बुभ्mन जरुरी छ । बेलैमा देउवा प्रबृत्तिको उचित व्यवस्थापन नगर्ने हो भने हेर्दै जानुहोला कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस भित्र पनि ओली अभियान चलाउन सक्ने वातावरण बन्दै गएको निश्चित प्राय देखिएको छ ।
ओलीले घोषणा गरेको बैशाखमा हुने निर्वाचनमा जान हतारिएका देउवाको केटाकेटीपन या ओलीसँगको अनैतिक गँठजोड थियो ? यो त भविष्यले नै बताउला तर वर्तमानको देउवा प्रबृत्ति भने ठ्याक्कै ओली चरित्र भन्दा कुनै तात्विक परक देखिएको छैन । जसका कारण नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुमा हिनताबोध र नैराष्यता बढदै जान थालेको देखिएको छ ।
मुलुकले यत्रो राजनैतिक संंकट झेलिरहँदा पनि देशमा क्रियाशिल राजनैतिक दलहरुसँग शिघ्रतिशिघ्र वार्ता र छलफल गरेर मुलुकलाई राजनैतिक अनिर्णयको बन्दी बन्नबाट रोक्न र लोकतन्त्रका पक्षमा दह्रो खुट्टो टेक्न समेत देउवाजीमा हिम्मत र साहस देखिएन । अर्काले अनुकुल समिकरण बनाईदिए आफु बालुवाटार छिर्ने नामर्द अभिव्यक्ति बाहेक नेपाली कांग्रेसको सभापतिको हैसियतले देउवाबाट कुनै भरोषायुक्त काम भए गरेको अनुभुती गर्नै पाईएन । यसले तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा नैराश्यता पैदा गराएको छ । देशै कब्जा गर्ने अभियानमा अगाडि बढेका ओलीलाई छेकथुन गर्न सक्ने साहस र हिम्मत नेपाली कांग्रेसका सभापतिमा देखिन छाडिसकेको छ ।
कोइराला परिवारबाट नेतृत्व बाहिर गए पछि नेपाली कांग्रेसको दुर्गतिको शुरुवात भएको हो । वर्तमान कांग्रेस नेतृत्वमा कुनै पनि राजनैतिक अडान र स्पष्ट विचार पाउन मुस्किल झै देखिएको छ । ओलीले घोषणा गरेको बैशाखमा हुने निर्वाचनमा जान हतारिएका देउवाको केटाकेटीपन या ओलीसँगको अनैतिक गँठजोड थियो ? यो त भविष्यले नै बताउला तर वर्तमानको देउवा प्रबृत्ति भने ठ्याक्कै ओली चरित्र भन्दा कुनै तात्विक परक देखिएको छैन । जसका कारण नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुमा हिनताबोध र नैराष्यता बढदै जान थालेको देखिएको छ ।
सुताहा अभिभावकबाट कामको मेलो सर्ने अवस्था नदेखिएकै हो यसलाई हामी सबैले मनन गरेर आगामी रणनीति बनाउनु उपयुक्त हुन्छ । संख्याको जोडघटाउ भन्दा पनि व्यवस्था र पद्धतिका पक्षमा सतिशाल भएर उभिनसक्ने सक्षम कांग्रेसको अपेक्षा अहिले सिंगो नेपाली जनताले गरिरहेका छन् ।
यसको एकमात्र बिकल्प भनेको वर्तमान ओली सरकारको बहिर्गमन नै हो । यसका लागि नेपाली कांग्रेसले किन पनि अझ बढी क्रियाशिल हुनुपर्छ भने नेपाली कांग्रेसमात्र बहुदलीय व्यवस्था र जनताका अधिकार सुनिश्चित हुनुपर्छ भनेर स्थापना भएको पार्टी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार