राष्ट्रिय यु–१९ टोलीलाई वाइवाइको प्रायोजन
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २२:१२:१६
३० चैत,काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक रु ७० लाख उपलब्ध गराउने छ ।
हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ । यस सम्झौतासँगै अब नेपाली यू –१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहनेछ । कार्यक्रममा चौधरी गु्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार