एकल इजलासकाे फैसला : सुवेदी न्यायाधीश बन्न योग्य
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २३:५३:५१
३० चैत, काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश नहकुल सुवेदी न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ ।सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदी योग्य रहेको फैसला सुनाएकाे हो ।
२८ फागुनमा न्याय परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुवेदीको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । उनले न्याय सेवाको कर्मचारी भएर काम गरेको अवधि र मुख्य न्यायाधीश भएको अवधिलाई जोड्न नमिल्ने जिकिर गरेका थिए ।
तर सर्वोच्चले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको छ ।
“एउटै सेवामा राजपत्रांकित प्रथम श्रेणी सहसचिवस्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिष्टार र सो भन्दा माथिको मुख्य न्यायाधीश पदसम्मको नियमित रुपमा कार्य गरेको अनुभव उसको योग्यताभित्र नै पदर्छ । संविधानको धारा १२९ को उपधारा ५ को व्यवस्थालाई हेर्दा राजपत्रांकित प्रथम श्रेणी सहसचिव स्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिस्टारसम्म र सो भन्दा माथिल्लो पद मुख्य न्यायाधीशको अनुभव दुई अलग अलग क्षेत्रको भएको हुँदा एउटा क्षेत्रको पदको अनुभव अवधि अर्को क्षेत्रको अनुभवको अवधिमा जोड्न र गढाना गर्न मिल्दैन भन्ने भनाइ संविधानसम्मत देखिन आउँदैन’ फैसलामा भनिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार