अन्ततः संसारभर अवरुद्ध गुगलका सेवाहरु सूचारु
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १६:१८:३
३१ चैत, काठमाडाैं । इन्टरनेट जाएन्ट गुगलका विभिन्न सेवाहरु सोमबार विश्वका विभिन्न भागमा अवरुद्ध भएको जनाइएको छ । गुगल डक्ससँगै गुगल ड्राइभ, गुगल शिट्स र गुगल स्लाइड्समा समस्या देखा परेको हो ।
डाउनडिटेक्टरका अनुसार सोमबार बिहानदेखि गुगलका डक्स तथा ड्राइभ लगायतका सेवाहरु अवरुद्ध बनेका थिए र राति अबेरसम्म समस्याको पूर्ण समाधान भैसकेको थिएन ।
त्यस विषयमा प्रयोगकर्ताहरुले निरन्तर गुनासो पोखिरहेका थिए । एसियासँगै अमेरिका र युरोपका गुगल प्रयोगकर्ताहरुले पनि गुगलका उल्लेखित सेवाहरु प्रयोग गर्न कठीनाई उत्पन्न भएको गुनासो गरिरहेका थिए ।
प्रयोगकर्ताको गुनसो पश्चात् गुगलले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट मार्फत् आफू गुगलका सेवाहरुमा उत्पन्न अवरोधप्रति जानकार रहेको भन्दै समस्या समाधानका लागि काम गरिरहेको जनाएको थियो । साथै उसले असुविधाका लागि क्षमा मागेको थियो । अन्ततः गुगलले समस्या समाधान गरेको र अवरुद्ध भएका सेवाहरु पूर्ववतरुपमा सूचारु भएका जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अन्तिम चरणमा
चैत १४, २०८० बुधबार
नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
चैत १२, २०८० सोमबार
सामाजिक सञ्जाल फेसबुक सुचारु
फागुन २२, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार