नयाँ वर्ष नयाँ चुनावको साल
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १८:४२:२७
३१ चैत, काठमाडाैं । भोलिबाट सकिन लागेको २०७७ साल नेपाली राजनीतिक क्षेत्रका लागि उतारचढावपूर्ण मात्र रहेन, अपितु अनौठा र अपत्यारिला घटनाक्रमको भारी बोकेरै अगाडिको यात्रा तय गर्दैछ । भोलिबाट नेपालीहरु नयाँ उत्साह र उमंगका साथ नयाँ सालमा प्रवेश गर्दैछन् ।
गएको वर्षबाट सुरु भएको कोरोना महामारी अझै सकिएको छैन । बरु दोस्रो लहर अझै खतरनाक ढंगले देखापरेको छ । यो क्रम कहिले अन्त्य हुने भन्न सक्ने अवस्था छैन । राजनीतिक क्षेत्र भने आफ्नो गति अझै बेतोडले बढाउँदै छ । भोलि के होला वा अहिलेको समस्यको हल कसरी फेला पर्ला भन्ने अन्योल अझै उस्तै छ । कसैलाई थाहा छैन , भोलिको राजनीतिले कुन कोर्ष लिन्छ भनेर । साता सातामा देखापर्ने विचित्रका घटना नेपाली राजनीतिक जगत्ले भोगेको छ ।
पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेयता विकसित घटनाक्रमले एउटा विश्राम लिने छाँटकाँटै देखिएन । ओलीको कदम असंवैधानिक भनेर सर्वाेच्च अदालतले बदर गरिसक्दासमेत राजनीतिले नयाँ कोर्ष लिन सकेको छैन । यस्तो रुमल्लिएको राजनीतिले नेपाल र नेपालीका लागि कस्तो दिशा निर्देश गर्ला भन्ने आम चिन्ता र चासोको विषय भने बनेको छ ।
राजनीतिले स्वभाविक गति लिन नसक्दा आउने व्यावधानको निकास ताजा जनादेश नै हो । प्रधानमन्त्री ओलीले व्यक्तिगत रिस वा आवेगमा यस्तो विस्मयकारी कदम चालेको भएपनि अन्ततः ताजा जनादेशबाट मात्रै निकास पहिल्याउने वातावरण बन्न थालेको छ । प्रधानमन्त्री ओलीलाई विस्थापित गरेर नयाँ विकल्प दिन नसकेपछि के हुने त ? फेरि यसको छिनोफानो जनताले नै गर्ने हो ।
यो विषयमा ओलीको स्वार्थ जोडिएको भएपनि प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी दल भने सैद्धान्तिक रुपमै सहमत हुने मुद्धा थियो । मात्र ओलीको अलोकतान्त्रिक चरित्र र संविधानमाथि धावा बोल्ने क्रम रोक्नका लागि वैकल्पिक सरकार बनाउनुपर्ने राजनीतिक वाध्यता विपक्षीहरुका लागि थियो । कदाचित ओलीको विकल्पमा अर्काे सरकार बन्यो नै भनेपनि त्यसले शासनसत्ता चलाउने भन्दा भागबण्डामै अल्झिनुपर्ने वाध्यता देखिन्छ ।
त्यसैले अब जस्तो सुकै अवस्थामा भएपनि देशले नयाँ जनादेश खोजेकै छ । विगतमा नेपाली जनताले वाम शक्तिलाई दुुई तिहाई नजिक मत दिंदाको हविगत देखिएको छ । आफ्नै पार्टी र सरकार जोगाउन नसक्ने ओलीको कार्यशैली र व्यावहारबाट सारा मुलुक आक्रान्त र भयभित छ । यसको निकास भनेको नयाँ सरकार बनाएर वा सर्वदलीय सहमतिकै सरकार बनाएर भएपनि ताजा जनादेश मात्रै हो ।
आउने वर्ष हुने पनि त्यही हो । ०७८ सालको मंसिर वा ०७९ को वैशाखमा नयाँ निर्वाचन गर्ने मुद्धामा मात्रै अबको ध्यान केन्द्रित हुने देखिन्छ । यसका लागि अहिले विपक्षमै देखिएका माओवादी केन्द्र र नेकपा खनाल–नेपाल पक्ष समेत यही मुद्धामा केन्द्रित हुनुको विकल्प छैन । त्यसैले आउने वर्ष नेपाल र नेपालीको सुखद भविष्य निर्माण गर्ने भरपर्दाे वर्ष बनाइनुपर्छ । त्यसका लागि मुलुकमा क्रियाशील प्रमुख राजनीतिक दलहरु तयार हुनुको विकल्प देखिंदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार