लोकतन्त्र भित्रको निरंकुश पात्र
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार १८:५०:५०
३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते हत्या गरेको प्रतिनिधिसभा फागुन ११ गते सर्वाेच्च अदालतको आदेशले बौरिएको छ । फागुन २३ बाट स्वभाविक गतिमा हिंड्ने हिम्मत नगरेको होइन, तर ओली भने व्यूँतिएको प्रतिनिधिसभालाई मलजल गर्ने पक्षमा छैनन् । प्रतिनिधिसभा बैठक केवल राजनीतिक भाषण गर्ने थलो बनेको छ । जनताका पीर मर्का वा नियम कानून निर्माणमा भने पटक्कै ध्यान छैन ।
प्रधानमन्त्री ओली नै अदालतले सास फर्काएको प्रतिनिधिसभालाई स्वस्थ बनाएर हिंडाउने पक्षमा नभएको सारा दुनियाँले बुझेका छन् । आफैंले हत्या गरेका निकायलाई सर्वाेच्च मानेर फेरि जानुपर्ने अवस्था उनका लागि गाह्रो छ । त्यसैले ओली अहिलेसम्म संसद् वैठकमा सहभागी भएका छैनन् । झण्डै २ महिनाको अवधिमा झुक्किएर उनी संसद् भवन प्रवेश गरे होलान् ,तर बैठकमा सहभागी भएका छैनन् । अर्थात भनौं उनले संसद् बंक गरिरहेका छन् ।
संसद् भित्र छिर्नैपर्ने वाध्यता सायद उनलाई नपरेरै होला । यो सुविधाको भरमार उपभोग गरिरहेका छन् । सरकार विरुद्ध अविश्वास वा माओवादी केन्द्रको समर्थन फिर्ता भएको अवस्था थियो भने सायद उनी संसद् छिर्नै पर्ने हुन्थ्यो की ? त्यो वाध्यता पनि उनका लागि रहेन । त्यसैले उनी मनमौजी गर्दैछन्, विरोधीको उछित्तो काढ्न उनी सिपालु छन् । त्यसका लागि उनी संसद बैठक भन्दा राजनीतिक मञ्चको प्रयोगमा बढी अल्झिएका छन् ।
संसद् भित्र उनको प्रवेश नदेखिएपनि बाहिरी चहलपहल भने बेजोडै छ । राजनीतिक कार्यक्रमका मञ्चहरुमा उनी असाध्यै सक्रिय देखिन्छन् । सबै काम उनी राजनीति तवरबाटै सम्पादन गर्न हौसिएकाछन् । माओवादी केन्द्रबाट निर्वाचित चार जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सभामुखलाई सूचना दिइयो । सोही बमोजिम उनीहरु संसद् सदस्यबाट मात्र नभई मन्त्री पदबाटसमेत मुुक्त भए । तर ओलीले संसद्को त्यो प्रकृयालाई नै हाँस्यास्पद बनाउने गरी निर्णय गरिदिए ।
संसद्ले हटाएकाहरुलाई उनले बढो निर्लज्जतापूर्वक फेरि मन्त्री बनाएका छन् । हाम्रो संविधानको भावना र मर्म ओलीले गरेजस्तो अवश्य पनि होइन । तर उनले गरे । किनभने उनी यो संसद्लाई पंगु साबित गर्न चाहन्छन्, साथै, संविधान नै बेकम्मा भएको सन्देश प्रवाहित गर्ने उनको मनसुवा देखिन्छ ।
ओलीले जतिसुकै गरेपनि एउटा कुराको भने हेक्का राख्नैपर्छ । त्यो के भने उनलाई प्रधानमन्त्री बनाउने काम यही प्रतिनिधिसभाले गरेको हो । यस अर्थमा उनले आफ्नै माताको हत्या गरेका छन् । अनजानमा नै भएको भए पनि उनमा पश्चाताप हुनुपथ्र्याे । त्यो छैन । बरु फेरि पनि नमारी छाड्दिन भने कस्सिएका छन् । खड्गो उज्याएर बसेका छन् । आफूलाई जन्माउनेलाई नै नमारी छाड्दिन भन्ने कुपुत्रसँग कसको के पो लाग्छ र ? यतिसम्मको अपराध गर्न नहिच्किचाउने ओलीले संसदीय मूल्य र मान्यताको धज्जी उडाउनु सामान्य नै हो ।
घर झगडा मिलाउन नसक्दा त्यसको रिस प्रतिनिधिसभा भंग गरेर पोखेका हुन् ओलीले । यो त स्वास्नीको रिसले घरै खरानी बनाउने एउटा जंड्याहाको कथा भन्दा के नै पो फरक होला त ? आफूले हत्या गरेको आमा फेरि ब्यूँतिएर आएकोमा उनलाई कुनै पश्चताप छैन , न त उनी राजीनामा दिएर एउटा नैतिक कर्तव्य नै पूरा गर्न सक्ने अवस्था छन् । बरु उल्टै आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई राजा हरिशचन्द्र जस्तो नैतिकताको पाठ पढाउन उद्यत् छन् । यही लोकतन्त्र भित्रको निरंकुशता ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार