सात वटा उपसुचक घटेको दिन नेप्से हालसम्मकै उच्च बिन्दुमा
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार २२:१२:१२
३१ चैत, काठमाडौं । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज ७ उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने उकालो लाग्दै नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेर बन्द भएको छ ।
याे दिन शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.२३ अङ्कले बढेर दुई हजार ७१४.७९ मा पुगेको छ ।
बैंकिङ २.३, व्यापार १.७९, विकास बैंक ३.४१, हाईड्रो १.२३, म्यूचल फण्ड ०.४३ अंकले बढेका हुन् भने अन्य उपसमूह भने घटेका हुन् ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९९ बिन्दुले बढेर ४७६८६.२८ मा पुगेको छ । कूल २०९ कम्पनीको एक करोड ४६ लाख ९१ कित्ता शेयर रु सात अर्ब १४ करोड ३१ लाख ९५ हजार मूल्यमा खरिद बिक्री भए ।
कारोवारका आधारमा आज नबिल बैंकले शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ६२ बराबरको कारोवार गर्यो । यस्तै नेपाल बैंकले रु २८ करोड १६ लाख, एनआईसी एशिया बैंकले रु २४ करोड ३५ लाख, निफ्राले २१ करोड १० लाख र नेपाल बंगलादेश बैंकले रु १८ करोड ३८ लाख बराबरको शेयर खरिदबिक्री भएको हो ।
आज धेरै कमाउनेमा एनआईसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङदी हाईड्रोका लगानीकर्ताले धेरै कमाउन सफल भएका छन् । यो दिन एनआईसी एशिया लघुवित्तको शेयर ९.९७ प्रतिशतले बढेको हो । त्यस्तै, माउन्टेन इनजीको शेयर ९.८९, ज्योति लाइफको शेयर ९.८३, सिन्धु विकास बैंकको शेयर ९.८२ र छ्याङदी हाईड्रोकाको शेयर ९.८० प्रतिशतले बढेको हो ।
याे दिन लक्ष्मी लघुवित्तको शेयरमा ४.२७ प्रतिशतले घटेको हो । त्यस्तै ग्लोबल आईएमई लघुवित्तको शेयर ४.२७, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको शेयर ३.५६ प्रतिशत, इन्फिनीटी लघुवित्तको शेयर ३.४७ र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर ३.३८ प्रतिशतले बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार