प्रदेश–२ का प्रमुखले गरे रासस कार्यालयको निरीक्षण
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार २३:३३:१८
३१ चैत,काठमाडौं । प्रदेश–२ का प्रमुख डा राजेश अहिराज आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा उनले राजा जनकको भूमि प्रदेश–२ को आफ्नै किसिमका पहिचान र महत्व रहेको हुँदा त्यसलाई आम जनसमुदाय माझ उजागर गर्न जरुरी रहेको खाँचो औँल्याएका छन् । प्रदेश–२ मा रहेका थुप्रै पुरातात्विक एवं धार्मिकस्थल मात्र नभई देशको सीमा क्षेत्रमा यस प्रदेशले पहरेदारको भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
प्रदेश–२ का बासिन्दाको भूमिकालाई राससजस्ता आमसञ्चारका माध्यमले यथोचित स्थान दिई प्रचारप्रसारमा ल्याउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यस किसिमको भूमिकाको अपेक्षा आफूले राखेको बताए । जनकपुर र आसपासका ठाउँहरूको ऐतिहासिकतालाई उजिल्याउन सके त्यसले पर्यटन उद्योगका साथसाथै स्थानीय जनताको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको भनाइ थियो । प्रदेश प्रमुख डा अहिराजले आफूले कुनै बेला राससको जिल्ला समाचारदाता रुपमा काम गरेको स्मरण गर्दै आगामी दिनमा सत्यतथ्य समाचारका लागि रासस नै महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे ।
राससका अध्यक्ष हरिहर अधिकारी ९श्यामल० ले राससले मुलुकको विविध सांस्कृतिक र धार्मिक सम्पदा, कला र संस्कृतिबारे समाचार प्रवाह गर्दै आएको जानकारी दिँदै प्रदेश–२ का सन्दर्भमा प्रदेश प्रमुखबाट औँल्याइएका विषय विशेष ध्यानमा राखिने वचन दिए । त्यसैगरी, राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको प्रदेश कार्यालयसँग समन्वय कायम गरी प्रदेश–२ का समाचारलाई समेटिने विश्वास दिलाए । सो अवसरमा प्रदेश प्रमुख अहिराजले राससकर्मीलाई नेपालको झण्डाको लोगो प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार