शनिबार , जेठ १, २०७८

सेलपेको हप्ताभरी उपहार पाउने नयाँ योजना सार्वजनिक

सेलपेको हप्ताभरी उपहार पाउने नयाँ योजना सार्वजनिक

३१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकमप्रा. लि. को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा “नयाँवर्ष २०७८,पाइन्छ उपहार हप्तैभर” योजना सुरु गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न७ सेवाहरु उपयोग गर्दा उक्त ७ वटै सेवाहरुमा हरेक दिन लक्की ड्रमार्फत ७ जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना बैशाख १ गतेदेखि बैशाख ७ गतेसम्म लागु हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन १ जनाले २०.७८% (अधिकतम रु २०७८) सम्म क्यासब्याक,रकम स्थानान्तरण गर्दा हरेक दिन १ जनाले X-age को Earbud, एयरलाइन्स टिकट खरिद गर्दा हरेक दिन १ जनाले ५०%(अधिकतम रु २०७८) सम्म क्यासब्याक, ईण्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन १ जनाले १ थप महिनाको सेवा निस्शुल्क साथै मोबाइलटप–अपररिचार्जगर्दा हरेक दिन १ जनाले ६ जीबीडाटा प्याक जित्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ । जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पश्चात कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।

सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्यविशेषताहरु भनेको बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, लोयाल्टि पोइन्टस पाइने जस्ता रहेका छन् ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय