शुक्रबार रु रु जलुविद्युतको आईपीओ बाँडफाँट हुँदै
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १२:३९:५
१ बैशाख, काठमाडौं । रु रु जलुविद्युत परियोजनाको आईपीओ शुक्रबार (वैशाख ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलका अनुसार शुक्रबार आईपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको हो ।
कम्पनीको आईपीओ प्री–अलोटमेन्ट ३१ गते सम्पन्न भएको छ । यता, रु रु को आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट शेयर बाँडफाँट हुनेछ ।
यसमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार२२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६१.६५ गुणा बढी हो ।
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार