किवी खेतीमा लागेका किसान
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २०:३२:२३
१ वैशाख,बलेवा । जङ्गल छेवैको पाखोबारी १ वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण परिवारले मरिमेटी गर्दा समेत खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन ।
म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाएका छैनन् । पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गरे । पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेरेका छन् । वर्षभरि खान पुग्ने र घर खर्च चलाउन विक्रीसमेत गर्न मिल्ने गरी उनले फलफूल खेती थालेका हुन् ।
बयालिस वर्षीय पुनले मालिकामा रहेको १९ रोपनी पाखोबारी र खेतमा समेत किवीखेती शुरु गरेका छन् । परम्परागत खेती परिवर्तन गरेका पुनले किवीबाट राम्रो आम्दानी हुन थालेपछि निकै हौसिएका छन् । विसं २०७४ मा रु ८० हजार लगानी गरेर उनले किवीखेती थालेका हुन् । पहिलो वर्ष रु २१ हजार आम्दानी गरेका पुनले अहिले लाखौँ कमाउन थालेका छन् । “कोदो, आलु र मकैबाट खान मात्रै मुस्किलले पुग्थ्यो, अहिले सबै खर्च चलाउने पैसा किवीले कमाउँछ” उनले भने । पुनले गाउँमा नै पहिलोपटक किवीखेती शुरु गरेका हुन् ।
अहिले पुनको बारीमा झण्डै २०० किवीका बोट छन् । आम्दानीको राम्रो स्रोत देखेपछि पुनले किवी खेतीलाई नै व्यावसायिक बनाउने सोच बनाएको बताए । एउटा किवीको बयस्क बिरुवाले राम्रो उब्जाउ दिँदा २० हजार बढीको दाना फल्छ । किवीको बजार मूल्यसमेत राम्रो रहेकाले उनले बर्सेनि लाखौँ आम्दानी हुने गरेको छ । किवीखेतीप्रति गाउँका अरु किसानले समेत उत्साह देखाएको उनले सुनाए ।
किवीखेतीका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले पुनलाई रु तीन लाख अनुदान दिएको छ । उनले गाउँमा किवीसँगै टनेलमा गोलभेंडा खेती गर्ने गरेका छन् । “हामीले हाम्रो माटो सिञ्चिन नजानेकाले आम्दानी नभएको रहेछ” उनले भने “खेती प्रणालीमा परिवर्तन गर्दा राम्रो कमाउन सकिँदो रहेछ भन्ने बुझेको छु ।”
किवीखेतीका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गरेकाले उनलाई सजिलो भएको हो । म्याग्दीको अधिकांश भू–भागमा किवीको खेती राम्रो हुने कृषि विज्ञहरु बताउँछन् । समयमा बिरुवा पाउने र उचित सल्लाह पाउने किसानले यहाँ किवीको व्यावसायिक खेती गर्न सकिने बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार