तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार ११:२१:६
वि.सं. २०७८ साल बैसाख ०२ गते । बिहीबार । इ.स.२०२१ अप्रिल १५ तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र शुक्लपक्ष । तिथी– तृतीया,१३ बजेर २२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– कृतिका,१८ बजेर ४३ मिनेट उप्रान्त रोहिणी । योग– आयुष्मान,१५ बजेर ५३ मिनेट उप्रान्त सौभाग्य । करण–गर,१३ बजेर २२ मिनेट उप्रान्त वणिज,२६ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेटमा,सूर्यास्त १८ बजेर २७ मिनेटमा । दिनमान ३१ घडी ५५ पला । गौरी व्रत ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यवसायमा नाफा कमाउन अरु दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रश्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एकक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको वातावरण सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । मायाप्रेममा धोका हुनेछ भने पढाईलेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाईनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईको कामको प्रशंसा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- समयमा काम नबन्नाले दुःख पाईनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदिबहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेको छ । सवारीसाधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । पढाईलेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ भने माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारीसाधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । मायाप्रेममा आजको दिन टाडै रहनु नै बेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । तरपनि कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानी हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोतसाधन तथा भौतिक सम्पती जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईको कुरा काट्नेहरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाईलेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार