भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार ११:३८:१५
२ वैशाख, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् ।
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन् । कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन् ।
समूहका अध्यक्ष अरोराले भने, “कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन ।”
उनले सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राखे । सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यवहारिक नहुने उनले बताए ।
“हामीले विगतमा पनि देख्यौँ र अहिले पनि देखिरहेका छौँ, स्थानीयरुपमा सानोसानो क्षेत्रमा तय गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक भएको छ, व्यवस्थापन पनि सहज देखिएको छ भने स्वास्थ्य सेवाको नतिजा पनि राम्रो आएको छ”, उनले भने।
देशभरी कोरोना भाइरसविरुद्धको खोपको अभाव नरहेको स्पष्ट पार्दै उनले उच्च प्राथमिकतामा परेकाहरुलाई खोप दिइसकेको बताए। भारतमा मङ्गलबार मात्रै कोरोना भाइरसबाट थप एक लाख ८४ हजार जना संक्रमित भएका थिए ।
योसँगै भारतमा कूल संक्रमितहरुको सङ्ख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसबाट संक्रमित र मृतकहरुको सङ्ख्या तीव्ररुपमा बढ्दै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का
बैशाख ११, २०८१ मंगलबार
केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार