चितवनमा पशु ढुवानी गर्ने ३६ सवारीसाधन कारवाहीमा
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १४:४७:१६
२ वैशाख, काठमाडौं । चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारीसाधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको र मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको हालसम्म रु ६३ हजार ५०० राजस्व सङ्कलन गरिएको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए ।
उहाँका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मंसिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् । क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, नाक मुख बाँधेर पशु ओसारपसार गर्नु, चेकपोष्टमा दरपिट नगरी आउनु, पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र नलिई आउनुलगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ ।
पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एकापसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्नेलगायतका कुरा मापदण्डमा उल्लेख छ ।
डा पौडेलका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुुनुहुँदैन । स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँदै डा पौडेलले यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपक्षी अन्वेषण प्रयोगशाला, भरतपुरमा पठाएर जाँच गर्न लगाइने बताउनुभयो । चल्लाको हकमा बिक्री अनुमतिपत्रको आधारमा ढुवानी गर्न दिइने गरेको उहाँले जनाउनुभयो ।
पशु चिकित्सक डा पौडेलका अनुसार एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गराउँदा पशु स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । जाँच गरिएको प्रमाणपत्र देखाउन चितवन जिल्ला प्रवेश गरेका सबै पशुपक्षी ढुवानी गरेका सवारी रामनगर पु¥याउनुपर्ने हुन्छ । पश्चिमबाट पूर्व लैजान खोजिएका तथा पूर्वबाट पश्चिम लैजान खोजिएका पशु ढुवानी गरेका सवारीले चितवन आएपछि रामनगर लगेर प्रमाणपत्र देखाई दरपिट गर्नुपर्ने हुन्छ । पशु क्वारेन्टाइन जाँच गर्ने चौकीको नै देशमा कमी छ । चितवनबाट नजिक रहेका अरु पशु क्वारेन्टाइन चेकपोष्ट पूर्वतर्फ बाराको पथलैया, पश्चिममा दाङको भालुवाङ र काठमाडौँको नागढुङ्गा हुन् ।
काठमाडौँ लैजान लागिएको हकमा रामनगरमा जाँच भएपछि पुनः नागढुङ्गामा जाँच गरिन्छ । पोखरा लैजान लागिएको हकमा भने रामनगर नै अन्तिम जाँचस्थल हो । हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा–भैँसी राजधानीलगायतका शहरमा ढुवानी गरिन्छ । यस्तै विभिन्न स्थानबाट खसीबोकासहित विभिन्न पशुपक्षीको ढुवानी हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार