नयाँ वर्षमा नयाँ वानेश्वरमा खुल्याे मोडलीङ एजेन्सी
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:८:४२
२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा ल्याइएको छ। फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे।
कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त गरेका थिए। फेशन हाउसमार्फत विभिन्न खालका इभेन्ट र ब्युटि प्याजेन्टको आयोजना गर्नुकका साथै, विज्ञापन तथा वेव सीरीज र म्युजिक भिडियो निर्माण, मोडलीङ फोटो शुट गर्नुका साथै मोडलहरुलाई ग्ल्यामर क्षेत्रमा भित्र्याउने सहयोग गर्ने फेशन हाउसका सञ्चालक आदर्श शर्माले बताए।
ईभेन्ट आयोजनाको क्षेत्रमा करीव आधा दशकको अनुभव बोकेका आर्दशले रक्की मर्हजन, एलीना क्षेत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरुको टीमका साथ फेशन हाउस सञ्चालनमा ल्याएका हुन्। आगामी दिनमा केही इभेन्ट गर्ने तयारी रहेको र त्यसको लागि थिम बनाएर अगाडि बढिरहेको आदर्शले बताए। ‘हाम्रो सोच भनेको आगामी दिनमा यो क्षेत्रमा राम्रा राम्रा ईभेन्ट तथा प्याजेन्ट आयोजना गर्नु हो।
आगामी दिनमा फेशन आउसमार्फत मिस नेपाल लेभलको ईभेन्ट अर्गनाईज गर्ने सोच छ’, उनले भने। आदर्शले आफूहरुले धेरै ईभेन्ट नगर्ने तर ईभेन्टलाई गुणस्तरियता दिने बताए। ‘हामी क्वान्टीटीमा भन्दा पनि क्मवालीटीलाई ध्यानमा राखेर ईभेन्ट अर्गनाईज गर्नेछौ। क्वालीटीको हिसाबले राम्रो काम गरेर ईभेन्ट अर्गनाईजेशनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुजेछौ भन्ने विश्वास लिएको छु।
साथै अहिले हामी ग्ल्यामर क्षेत्रमा आउन चाहनेहरुलाई प्रशिक्षण दिएर राम्रो प्ल्याटफर्म दिनेछौं’ उनले भने। प्रमूख अतिथी पत्रकार विदुर गिरीले कोरोना संक्रमणबाट हुने कोभिड १९ लाई ध्यानमा राखी अहिलेको समयमा विश्व मनोरञ्जन जगत्ले अगाडि बढाएको अवधारणालाई पछ्याउँदै प्रविधिको सदुपयोग गरेर मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार