महंगो बजेटमा मुकुन्दको एक्स ९–लेभल १
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:५४:३२
२ वैशाख, काठमाडौं । चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले महंगो बजेटमा नयाँ चलचित्रको घोषणा गरेका छन् । मुकुन्दले आफ्नो निर्देशनमा बन्न लागेको चलचित्रको घोषणा सामाजिक संजालबाट गर्दै उक्त चलचित्रको नाम एक्स ९ रहेको बताए ।
यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । तर एक्स ९–लेभल १ भनिएको यो चलचित्रको कलाकारको बिषयमा कुनै जानकारी दिइएको छैन ।
विश्वको अगाडि नेपाली चलचित्रलाई उभ्याउनुपर्ने भन्दै मुकुन्दले महंगो बजेटको चलचित्र घोषणा गरेका हुन् । चलचित्रलाई यादवप्रसाद पाठकले निर्माण गर्नेछन् । यो चलचित्रका लागि नायक अनमोल केसीलाई शिर्ष भूमिकामा अफर गरिएको छ । तर, अनमोलले अहिलेसम्म चलचित्र गर्ने वा नगर्ने बिषयमा केही पनि बताएका छैनन् ।
साथमा, चलचित्रका लागि नायक सौगात मल्ल, पुष्प खड्का र कलाकार निश्चल बस्नेत पनि मुख्य भूमिकामा रहने चर्चा छ । निर्माता र निर्देशकको सोच एक भएपछि एउटा राम्रो चलचित्र बन्ने दाबी मुकुन्दको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार