ओली अहंकारीः भूषाल
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २१:३६:४१
२ वैशाख, बुटवल । नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बित उपमहासचिव घनश्याम भूषालले अहिलेको राजनीतिक अस्थिरता र अराजकताको जड केपी ओली रहेको दाबा गरेका छन् । खनाल–नेपाल निकट प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भूषालले भने– अहिलेको विकृतिको कारक नै ओली हुन् । उनले वामपन्थी आन्दोलनलाई विसर्जनतिर लग्दैछन्,त्यसलाई जोगाउन हामीहरु समानान्तर कमिटी गठन गरिरहेका छौं ।
ओलीले अहिले पनि अहंकार र दम्भ छाड्ने हो भने वाम एकता सम्भव रहेको चर्चा गर्दै उनले तर ओलीमा त्यो धैर्यता र साहस नभएकाले नै अहिलेको अवस्था आएको बताए । ओलीजीमा सहिष्णुता र भाइचारा भन्ने कुनै संवेदना नै छैन, त्यसैले अब वाध्य भएर आफूहरु वाम आन्दोलन जोगाउन समानान्तर कमिटी बनाउनेतिर लागेको उनको तर्क छ ।
सत्ता उन्माद र अहंकारले गर्दा ओलीमा दम्भ बढेको आरोप लगाउँदै नेता भूषालले तर समयक्रममा ओली धुलिसात हुने ठोकुवा गरे । अहिले त सत्ता होला, केही मानिस लोभलालचमा उनका पछि दगुरेका होलान्,तर सधैं न उनी सत्तामा रहने छन्, न उनका पछि कुद्नेहरु सधैं एकनास रहनेवाला छन् – नेता भूषालले भने ।
सरकार बनाउन सघाउने वाम शक्तिलाई चिढ्याएर आफ्नै दलका नेतामाथि कारबाहीको डण्डा चलाएर भष्मासुरे प्रवृत्ति अपनाएको भन्दै पार्टी अध्यक्ष ओलीको यही तरिकाले उनी धुलिसात हुने दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार