आज र भोलि हावाहुरी र चट्याङसहित पानी पर्ने
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १६:५३:४२
३ वैशाख, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाद्धारा जारी बुलेटिनमा प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने उल्लेख छ ।
महाशाखाले प्रिमनसुन आज र भोलि पनि एक्टिभ नै हुने भएकाले यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षा हुने जनाएको छ । यसको बढी प्रभाव प्रदेश १ र ७ मा देखिने छ । बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने छ ।
मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन अवधि मानिन्छ । यो अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।
यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ । हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पुर्याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।
विहीबार बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक-एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । बिहीबार बेलुकी अन्य प्रदेशको तुलनामा प्रदेश १ मा बढी पानी परेको विभागले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ बैशाख ३ गते (शुक्रबार)
दिउँसो: प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ४ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ५ गते (आइतबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार