एस्ट्रिक टेक्नोलोजीद्धारा वर्ल्ड वार फोर-इन्ड गेम्स लन्च
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १७:३५:२२
३ वैशाख, काठमाडौं । एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले वर्ल्ड वार फोर इन्डगेम्स मार्फत आज एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोर मार्फत सार्वजनिक गरेको छ । वर्ल्ड वार-फोर इन्डगेम्स टेक्स्टमा आधारित अनलाइन मल्टिप्लेयर रोल प्लेइङ् गेम हो।
यो एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ।
त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् र उनीहरु प्नि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन्।
गेममा खेलाडीले एक विश्वयुद्धमा बाँचेकाव्यक्तिको भूमिकानिर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन्।
खेलाडीले कच्चापदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात÷निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ। यो गेममा सीमित समयको लागि $5 मूल्य हाराहारी पर्ने 50 Gold फ्रीमा प्रदान गरिनेछ।
गेमको मुख्य विशेषता:
· प्रत्येक १०० दिनको एक सिजन
· विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
· आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचितव्यवस्थापन
· वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट
यो गेम डाउनलोड गर्ने लिंक : https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्ने, नयाँ डिजाइन खोज्ने
बैशाख ५, २०८१ बुधबार
जर्मनीमा आइटीको अभाव सन् २०४० सम्ममा चौगुना हुने
चैत ३०, २०८० शुक्रबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार