ओलीको जस्तै फण्डा मधेसवादीको
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १८:३३:२६
३ वैशाख, काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरु एकजुट भएपछि प्रधानमन्त्री केपी ओलीमाथि चर्काे दबाब परेको छ । अब यो क्रम प्रदेशबाट संघमा समेत पुग्ने उनको अनुमान हो । त्यसैले सरकार बचाउन उनी जस्तोसुकै सम्झौता गर्न चाहन्छन् । सरकार जोगाउने एक मात्र साहारा अहिले जनता समाजवादी दल बनेको छ, ओलीका लागि ।
हिजोसम्म जसपाले आफूलाई साथ दिने उनको अनुमान अब गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएपछि भने धर्मराएको छ । त्यसैले उनी जसपाले उठाएका हरेक माग संवोधन गरेर भएपनि सरकार जोगाउने दाउमा लागेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले निकटस्थ सबैलाई यसबारे जानकारी गराइसकेका छन् । साथै, जसपासँग वार्ता गर्न गठित सुभाषचन्द्र नेम्बाङ नेतृत्वको टीमलाई समेत ओलीले सबै माग पूरा गर्ने आधार तयार गर्न अह्राइसकेका छन् ।
सम्भवतः अब बस्ने मन्त्रिमण्डलको बैठकले जसपाका सबै माग पूरा गर्नेछन् । जसपाले अहिले उठाएका मुख्य मागहरुमा रेशमलाल चौधरीको रिहाई, गिरिशचन्द्र लाल आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक र मधेश आन्दोलनमा घाइते र पक्राउ परेकाहरुलाई क्षतिर्पूर्तिका साथ मुक्त गर्नुपर्ने रहेका छन् । यी सबै माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक भएको स्रोतको दावी छ ।
गण्डकी प्रदेशमा जसपाले नै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेलगत्तै प्रधानमन्त्री ओलीले हिजै साँझ जसपा अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा झण्डै डेढ घण्टा लामो संवाद गरेका थिए । ओलीले गण्डकी प्रदेशका जसपा सांसदहरुको हस्ताक्षर फिर्ता गराउन जोड गरेको स्रोतको भनाई छ । तर ठाकुरले अहिले नै आफूले फिर्ता गराउने आधार प्राप्त नभएको भन्दै पहिला सरकारले पार्टीको पक्षमा निर्णय गरोस् अनि साथ र समर्थन हुने बताएका थिए ।
ओली रणनीति
प्रधानमन्त्री ओली अहिले नै सत्ताबाट बाहिरिएर पार्टीभित्रको असन्तुष्ट पक्षसँग भिड्ने अवस्थामा छैनन् । खनाल–नेपाल पक्षलाई कमजोर बनाउन ओली केही समय सत्तामै बस्नुपर्ने बाध्यता छ । त्यसैले यतिबेला उनको सहाराको त्यान्द्रो भनेकै जसपा हो । जसपामा पनि पूर्व जनता पार्टी अर्थात, ठाकुर –महतो समूह । किनभने पूर्व समाजवादी दल अर्थात, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष कुनै पनि हालतमा ओलीको पक्षमा नरहने अठोट गरिसकेका नेता हुन् ।
ओलीका लागि अहिले केवल १७ जना प्रतिनिधिसभा सदस्य भए बहुमत पुग्छ । ठाकुर–महतो पक्षसँग त्यो संख्या छ । त्यसैले ओली चाहन्छन् –सकेसम्म सरकारमा नै आउन् । भएन भने पनि सरकारविरुद्ध आउने अविश्वास प्रस्तावमा तटस्थ बसिदिउन् । ओलीले यो प्रस्ताव ठाकुर–महतोसँग राखिसकेका छन् । जवाफमा उनीहरुले आफूहरु सकारात्मक रहेको तर त्यसको आधार तयार गर्न सरकारले लचिलो भएर निर्णय गर्नुपर्ने शर्त तेस्र्याएका हुन् ।
जसपाका लागि गाह्रो
प्रधानमन्त्री ओलीको पक्षमा निर्णय गराउन ठाकुर–महतोलाई सहज छैन । किनभने डा. भट्टराई र यादवको विरोध रहेकै बेला यस्तो निर्णय हुने अवस्था देखिंदैन । ओलीको कदमलाई प्रतिगामी भनेर विगतमा आन्दोलन गरेको पार्टीले बिना आधार समर्थन गर्ने अवस्था छैन ।
त्यसैले ओलीको पक्षमा निर्णय गराउन ठाकुर–महतोले पार्टी नै विभाजन गर्नुपर्ने हुनसक्छ । तर त्यत्रो ठूलो जोखिम उठाउने पक्षमा उनीहरु छैनन् । किनभने तत्कालै चुनाव हुने अवस्थामा यस्तो निर्णयले पार्टीलाई धेरै नोक्सानी हुन सक्ने आंकलन गरेका छन् । त्यसैले अबको निकास कसरी खोज्ने भन्ने चिन्ता ठाकुर – महतोलाई बढी छ ।
ओलीले जस्तै झुक्याउने दाउ
विगतमा प्रधानमन्त्री ओलीले मधेसवादी दलहरुसँग गरेका वाचा कहिल्यै पूरा गरेनन् । सहमति गर्ने तर कार्यान्वयन नगर्ने विगत उनीहरुले विर्सेका छैनन् । संविधान संशोधन गर्ने नाममा सरकारलाई समर्थन गर्ने मधेसवादी दलका माग कहिल्यै सुनुवाई भएन । दुई तिहाई बहुमत दिलाएर संविधान संशोधन गर्ने दाउ उनीहरुको थियो । त्यसैले ओलीलाई समर्थन गरेका थिए । तर ओली भने मधेस मुद्धामा कहिल्यै संवेदनशील देखिएनन् । त्यसैले मधेस मुद्धा बेवारिसे बनेको छ ।
अब भने मधेसवादी दलका नेताहरु विगतमा ओलीले अपनाएकै रणनीतिमा देखिएका छन् । उनीहरु ओलीसँग सबै माग पूरा गराउने दाउमा छन् । ओलीसँग नगदमा आफ्ना माग पूरा गराउने तर समर्थन पनि नगर्ने उनीहरुको दाउ हो । हतास र आत्तिएका ओलीले अहिले जस्तोसुकै माग पूरा गर्ने बुझेका मधेसी नेताहरु अहिले नै सबै निर्णय गराउने पक्षमा छन् । सरकारका बारेमा निर्णय गर्नुपर्ने अवस्था आयो भने ओलीलाई धोका दिने मनस्थितिमा नेताहरु रहेको कतिपयको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार