नेपाल पक्षीय सांसद भेट्दै ओली
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १८:५७:५१
३ वैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी ओली सार्वजनिक रुपमा बोल्दा आफ्ना विपक्षीहरुप्रति एकदमै नकारात्मक टिप्पणी गर्छन् । साथै, आफ्ना विरोधीलाई लोकतन्त्र र विकास विरोधीको संज्ञा दिन हिच्किचाउँदैनन् । तर भित्र भित्रै चाहिं विरोधीलाई फकाउने रणनीति अख्तियार गर्छन् ।
पार्टी भित्रका विरोधी नेताहरु माधवकुमार नेपाल लगायत चार जनालाई कारबाही गरेपछि उनी बाहिर जति कुर्लिने गरेका छन् भित्रभित्रै चाहिं गलेको अवस्थामा प्रस्तुत हुने गरेका छन् । माधव नेपाल र केही जातीय दुश्मन ठानेकाहरुलाई गलहत्याउने ओलीको अभिष्ट देखिन्छ । त्यसका लागि उनी नेपाल पक्षीय नेता कार्यकर्तासँग लचक हुने गरेका छन् ।
केही दिन यता पार्टी अध्यक्षले नेपाल पक्षीय सांसद्हरुसँग बेग्लाबेग्लै छलफल गरेको स्रोतले बताएको छ । ओलीको विरोधमा प्रष्ट देखिएपनि धेरै टिप्पणी नगर्नेमा पर्छन् – विरोध खतिवडा । मकवानुपरबाट निर्वाचित खतिवडासँग ओलीले गएको साता बेग्लै कुरा गरे । भेटमा ओलीले आफू पक्षमा लाग्न खतिवडालाई लालचयुक्त दबाब दिएका थिए ।
स्रोतका अनुसार, तीन तीन पटक निर्वाचित हुँदासमेत नेपालले मन्त्री नबनाएको प्रसंग ओलीले झिकेका थिए । अप्रत्यक्ष रुपमा ओलीले खतिवडालाई मन्त्री पद दिनेसम्मको प्रलोभन दिएको स्रोतको भनाई छ । जवाफमा खतिवडाले नेताहरुको व्यक्तिगत लडाईंको सिकार पार्टीलाई नबनाइयोस् भनेका थिए । नेताहरु नमिलेसम्म आफूहरु पनि यस्तै अवस्थामा रहन वाध्य हुने धारणा उनको रह्यो ।
यस्तै प्रधानमन्त्री ओलीले माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेसँग पनि पटक पटक भेट गरेका छन् । उनले नेपालसँग बाहिर जस्तो व्यवाहार भएपनि भित्र मितवत रहने भन्दै वातावरण बनाउन आग्रह गर्ने गरेका छन् । पाण्डे पनि ओली र नेपालबीच सम्बन्ध सुमधुर बनोस् भन्ने पक्षमा रहेका छन् ।
ओलीले नेपाल पक्षीय जीवनराम श्रेष्ठ,ध्रुवबहादुर शाही र राजबहादुर बुढासँग पनि कुरा गरेका छन् । सबैसँग आफूलाई सघाउन ओलीले आग्रह गरेको स्रोतको भनाई छ । तर नेपाल पक्षका सबै सांसद्को एकैखाले भनाई आएको छ । सबैले नेताहरु नै नमिलेसम्म आफूहरु मिल्न सक्ने अवस्था नरहेको जवाफ दिएका थिए ।
कारबाही गरिएका नेताहरुमाथिको कारवाही तत्काल फिर्ता लिनुपर्ने उनीहरुको माग थियो । ओलीले पनि कारबाही फिर्ता गर्ने संकेत गरेका थिए । तर अहिले गठन गरिएका सबै समानान्तर कमिटी खारेजी गर्नुपर्ने बताएको स्रोतको भनाई । यसबारे थप छलफल गर्न ओलीले भेटेका सांसद्हरुसँग आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार