अभिनेत्री जेनिफर र रोड्रिगेजबीच ब्रेकअप
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १९:१४:५६
हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीच ब्रेकअप भएको छ । योसंगै उनीहरुबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ । १५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् ।
जेनिफर लोपेज र एलेक्स रडले संयुक्त रुपमा भने, ‘हामीले राम्रोसँग बुझिसकेका छौं कि हामी साथीको रुपमा नै राम्रा छौं र पछि पनि हामी साथी नै हुनेछौं । हामी सँगै काम गर्न जारी राख्नेछौं र हामीबीच शेयर बिजनेस र प्रोजेक्ट्सको विषयमा एक अर्कालाई समर्थन गर्नेछौं ।’जेनिफरका १३ वर्षका जुम्ल्याहा बच्चा म्याक्सिमिलियन म्याक्स डेभिड र एमे मारिबेल छन् । यी उनका पूर्व श्रीमान् मार्क एन्थनीमार्फत् जन्मिएका सन्तान हुन् । यस्तै एलेक्सका दुई छोरी नताशा र एला रोड्रिगेज छन् जो उनकी पूर्व श्रीमती सिन्थिया स्किुर्टिसमार्फत् भएको हो । यस्तोमा जेनिफर र एलेक्सले एक–अर्काका सन्तानका लागि पनि मेसेज छोडेका छन् ।
एलेक्स र जेनिफरबारे एक महिनाअघि नै दुईको ब्रेकअप भएको खबर आएको थियो । यसबारे कुरा गर्दै उनीहरुले भने, ‘त्यो खबर गलत थियो । हामी आफ्नो सम्बन्धमा काम गरिरहेका थियौं ।’ स्मरण रहोस्, जेनिफर र एलेक्स पछिल्लो केही समयदेखि आफूहरुबीचको मतभेद सुल्झाउने कोसिस गरिरहेका थिए । कुरा मिल्न नसकेपछि उनीहरुले अलग्गिने निर्णय गरे ।
स्मरण रहोस्, जेनिफर लोपेज र एलेक्स रडले सन् २०१७ मा भएको मेट गालामा कपलको रुपमा डेब्यू गरेका थिए । यी दुईले दुई वर्ष डेटिङ गरेपछि सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टपछि हालसम्म उनीहरुको कुनै कारणवश तीनपटक विवाह स्थगित भइसकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार