पहाडी क्षेत्रमा देखिन थाले गोमन सर्प
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २०:०:९
३ वैशाख,बलेवा । चैत २७ गते शुक्रबार बागलुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा) लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो । उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।
गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतम बताउछिन् । “घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनीन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताईन ।
उद्धारमा खटिएका महेन्द्र कतिलाले भने यो सर्प दुई हजार २०० मिटरको उचाइसम्म पाइने बताए । दुई वर्षअघि बागलुङकै कुँडुलेमा सर्पले टोकेर एकको ज्यान गएको थियो । सो सर्प कुन प्रजातिको थियो भन्ने यकिन भएन । गत कात्तिकमा सर्पले टोकेकै कारण पर्वतको मोदी गाउँपालिकाका एक पत्रकारको ज्यान गएको छ ।
यी घटनाले पहाडी क्षेत्र भए पनि सर्पको टोकाइ बढेको देखिन्छ । उपचार र औषधिको व्यवस्थापन बागलुङमा पनि आवश्यकता देखिएको छ । “अब सर्पदंशको उपचार बागलुङको अस्पतालमा पनि आवश्यक देखियो”, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मदन कँडेलले भने, “समयमा सोच्न सकिएन भने भोलि ठूलो दुर्घटना हुनसक्छ ।” सामान्य तापक्रममा पनि राख्न सकिने औषधि भएकाले एकजना विशेषज्ञ डाक्टर र औषधिको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
बागलुङको अधिकांश भूगोल दुई हजार २०० मिटर उचाइमा पर्छ । जैमिनी नगरपालिका, गलकोट, बागलुङलगायतका भूगोल यही उचाइमा पर्छन् । हावापानीको परिवर्तनले पनि तापक्रम बढिरहेकाले तराईमा पाइने सर्पलाई सहज वासस्थानको रुपमा बागलुङका कतिपय स्थान सुरक्षित बन्दै गएको अर्का सहायक वन अधिकृत सन्दीप पौडेलले बताए । कतिलाले पनि उपचार व्यवस्थापन गर्न सुझाव दिएका छन् । बस्ती नजिकै छाडेकाले डराउन नपर्ने उनले बताए ।
भारतमा गरिएको एक अध्ययनमा २० वर्षमा छ जनालाई मात्रै गोमनले टोकेको तथ्य छ । यो सर्पले एकपटकमा ६०० मिलीग्राम विष निकाल्न सक्छ । मानिसको मृत्यु हुनका लागि भने २० मिलिग्राम मात्रै विष भए पनि पुग्ने उनले बताए । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उनले बताए । “यो सर्पले चाहेको बेला मात्र विष बमन गर्छ ।” एक अध्ययनअनुसार भारतमा वर्षमा ५० हजार बढीलाई सर्पले टोक्ने गरेको पत्ता लागेको छ । हावापानीको परिवर्तनले गर्मी बढ्न थालेको, पाइपको ओसारपसारले तराईमा रहेका सर्प पहाडमा सर्ने गरेकोसमेत भेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
हेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार