चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २१:३३:३२
३ वैशाख,बलेवा । चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु¥याएको छ । निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उनले भने, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”
विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार