अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो पाइला
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २२:४९:५८
३ वैशाख, काठमाडौं । अन्नपूर्ण प्रथम ८०९१ मि को नेपाली महिलाले पहिलोपटक सफल आरोहण गरेका छन् । नेपाली महिला आरोहीको समुहले शुक्रबार दिउँसो साढे १ बजे आरोहण पुरा गरेको सेभेन समिट ट्रेक्सले बताएको छ ।
सेभेन समिट ट्रेक्सका अध्यक्ष निग्मा शेर्पाका अनुसार दिउँसो साढे १ बजे नेपाली महिला समुहले आरोहण पुरा गरेका हुन् । उनका अनुसार आरोहणमा पूर्णिमा श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटि शेर्पा र पासाङल्यामु शेर्पा रहेका छन् । अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो पाइला परेको हो ।
अन्नपूर्ण प्रथम आरोहण निकै नै चूनौतीपूर्ण छ । विहीबार राती १० बजे ६९०० मिटरको क्याम्पबाट आरोहणको टोली हिडेको थियो । दिउँसो साढे १ बजे महिला सहितका आरोही टिम चुचुरोमा पुगेको हाे । सेभेन समिटबाट मात्र महिला सहित अरु विदेशी पनि आरोहणमा थिए । सेभेन समिटका अरु २२ जना विदेशीले पनि आरोहण गरेका छन् ।
अन्य कम्पनिको व्यवस्थापनमा गएका आरोही पनि आरोहणको क्रममा रहेको उनले जानकारी दिए । अन्नपूर्ण आरोहणका लागि एकमहिना अघि नै विदेशी सहितको टोली आधारशिविर क्षेत्रमा पुगेर अभ्यास गरिरहेको छ ।
आरोहणको यो सफलताले नेपालको हिमाल आरोहण क्षेत्रको पहिचान बढाउने उनले बताए । अर्को कम्पनि इमेजिन नेपालबाट गएका विदेशी र नेपाली गरि १५ जना आरोहीसहित ५ जना विदेशी र १० जना नेपालीले आरोहण पुरा गरेका हुन् ।
आरोही विदेशीमध्ये २ जना चिनियाँ, २ जना पाकिस्तानी र एकजना अमेरिकी छन् । बाँकी १० जना नेपाली पुरुष आरोहीले पनि आरोहण पुरा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार