सुर्तीजन्य पदार्थमा राजस्व बढाउनुपर्ने सुझाव
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २३:१७:५३
३ वैशाख,काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताए ।
राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पु¥याउनुपर्ने जोड दिए । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई नियन्त्रण गर्न सकिने धारणा राखे । सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महँगो पर्ने भएपछि सेवन पनि कम हुने उनको भनाइ थियो ।
“हामीकहाँ अन्य देशको तुलनामा सस्तोमा चुरोट पाइन्छ”, उनले भने, “सस्तोमा पाइने भएकाले शोखका रुपमा पनि मानिसले चुरोट सेवन गर्दछ । राजस्व बढाएर महँगो बनाउने हो भने कम सेवन गर्दछन् ।” उनले स्वास्थ्य तथा जनसङ्ख्या र अर्थमन्त्री दुवैसँग राजस्व बढाउने विषयमा आफूले छलफल गर्नेसमेत जानकारी दिए ।
नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०मा नै भन्दा सस्तो दरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुन्छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले नेपालको कूल जनसङ्ख्याको २८ प्रतिशत मानिसले धूमपान सेवन र दैनिक रु आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन गर्ने गरेको तथा वार्षिक रु एक खर्ब ५३ अर्ब चुरोटको धुवाँमा खर्च हुने गरेको जानकारी दिए ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शम्भु मरासिनीले भने, “राजस्व बढाउने कुरा सकारात्मक हो । हामीलाई नि फाइदा हुन्छ । ” उनका अनुसार कूल राजस्वको पाँच प्रतिशत सुर्तीजन्य पदार्थबाट उठ्ने तथा वार्षिक रु १८ अर्ब राजस्व सुर्तीजन्य पर्दाथबाट सङ्कलन हुने गरेको छ ।
काठमाडौँ महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले सार्वजनिक स्थानमा धूमपान गर्नेलाई प्रहरीले कारवाही गरिरहेको जानकारी दिए । उनका अनुसार यस वर्ष ३८ हजारलाई सम्झाइबुझाइ गरिएको तथा २०० कक्षा लिइएको र सात हजार १८७ लाई कारवाही गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान सेवा गर्ने गरेको जानकारी दिए । उनले १८ वर्षको उमेरमा ७८.८ प्रतिशत मानिसले धूमपान गरेको पाइएको जानकारी दिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यले चुरोट सेवनबाट २६ प्रकारका रोग निम्तिने जानकारी दिए । उनले चुरोट खाने हरेक पाँच जनामा एक जनामा क्यान्सर हुने जनाउँदै एउटा चुरोटले सेवन गर्ने व्यक्तिले २० जनालाई असर पु¥याउने बताए ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले राजस्व बढाउँदा धूमपानमा पनि कमी आउने विभिन्न अध्ययन देखाएकाले राजस्व बढाउनुपर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार