तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ शनिबार ११:२४:४६
वि.सं. २०७८ साल बैसाख ०४ गते । शनिबार । इ.स.२०२१ अप्रिल १७ तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र शुक्लपक्ष । तिथी– पंचमी,१७ बजेर ०३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– मृगशिरा,२३ बजेर २३ मिनेट उप्रान्त आद्रा । योग– शोभन,१६ बजेर ४३ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव,१७ बजेर ०३ मिनेट उप्रान्त कौलव,२९ बजेर ४६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– वज्र योग । चन्द्रराशि–बृष,१० बजेर २० मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेटमा,सूर्यास्त १८ बजेर २९ मिनेटमा । दिनमान ३२ घडी ०३ पला । भ।पु। छुमागणेशयात्रा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुती दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ । बिहानको समयमा यात्रा हुने योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बिहानको समय पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले समयको गतीसँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारीसाधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाईलेखाईमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेलि माईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउदा मन खुशि हुनेछ । पढनपाठनमा अली मन नजादा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा बिपक्षहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । साझपख भौतिक सम्पती तथा उपहार प्राप्तीको योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारीसाधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार