आज ८४३ जनामा देखिएको संक्रमण, २२६ निको
नेपालबहस संवाददाता
बैशाख ४, २०७८ आइतबार १:१:३
४ वैशाख, काठमाडौं । कोभिड–१९ को संक्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा संक्रमण देखिएको हो ।
शुक्रबार भने ९०० जनामा संक्रमण देखिएको थियो । आज देखिएको संक्रमितसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा संक्रमण देखिएको छ । आज देखिएका संक्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।
२२६ जना निको
यस्तै आज २२६ जना संक्रमण निको भई घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ । यसैगरी संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको बुलेटिनमा जनाइएको छ । यसैगरी संक्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौं उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
प्रदेश नं १ र २ मा दुई-दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् । यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन् ।
सीमानाकामा ६४ मा संक्रमण
यस्तै मन्त्रालयले नेपाल भारतका नौ सीमानाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा संक्रमण देखिएको जनाएको छ । बेलहैया हेल्थ हेस्क रुपन्हेदीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा संक्रमण देखिएको छ । अहिलेसम्म तीन सीमानाकामा ६६५ मा सङ्क्रमण देखिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार