स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १६:२१:१९
५ वैशाख, गलेश्वर । कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास शुरु गरेपछि योग सिक्नका लागि म्याग्देलीहरुको आकर्षण बढ्दै गएको हो ।
सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको उनले जानकारी दिए ।
अहिले म्याग्दीमा विभिन्न १० स्थानमा नवीन आनन्द योग केन्द्रले योग केन्द्र सञ्चालन गरेर योगा सिकाइरहेको छ । सदरमुकाम बेनी बजारमा दैनिक १०७, पश्चिम म्याग्दीको दरबाङमा ५०, बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ४०, रघुगङ्गा गाउँपालिका–१ बेगमा ४०, रघुगङ्गा गापाकै तिप्ल्याङमा ३०, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५, गलेश्वरमा ४० र बेनी नगरपालिका–२ खबरामा २५ जनाले दैनिकरूपमा योगा सिकिरहेका छन् । त्यसैगरी मालिका गाउँपालिका–७ बिम र बेनी नगरपालिका–७ मङ्गलाघाटमा पनि अस्थायीरूपमा योग केन्द्र सञ्चालन भएका केन्द्रका अध्यक्ष जुग्जालीले बताए ।
योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउनेहरुको भनाइ छ । नियमित योगा गर्दै आएकी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताए ।
त्यसैगरी योग स्वास्थ्यका लागि मात्र नभएर आचारविचार, सोच र सकारात्मक दृष्टिकोणका लागि पनि अत्यन्तै उपयोगी भएकाले आफू नियमितरूपमा योगासन गर्न आउने गरेको बेनी बजारका व्यवसायी विजयकुमार श्रेष्ठले बताए।
आधारभूत ज्ञान तीन महिना, विशिष्टीकृत ज्ञान छ महिना र प्रशिक्षक तालिम दुई वर्षको हुने र मासिकरूपमा रु एक हजार शुल्क लिने गरिएको योग प्रशिक्षक एवं केन्द्रका अध्यक्ष जुग्जालीले जानकारी दिए । ध्यानसहितको योगले तनावपूर्ण परिस्थिति र खराब स्वास्थ्यसँग जुधिरहेका सबै उमेर समूहका महिला तथा पुरुषको जीवनशैलीमा परिवर्तन ल्याएको योगीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार