७० वर्ष इतिहास बोकेको ‘धौलागिरिको पत्रकारिता’ पुस्तक
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १७:२:०
५ वैशाख,गलकोट । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सङ्कलन गरेको ७० वर्ष ‘धौलागिरिको पत्रकारिता’ पुस्तक शनिबार लोकार्पण गरिएको छ । पुस्तकको नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिल शिरिष, महासंघको तत्कालीन धौलागिरि शाखाका सचिव तथा मुख्य निर्वाचन अधिकृत हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी शिवराज कार्की र जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरुले सामूहिकरूपमा पुस्तक लोकार्पण गरेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ ।
कार्यक्रममा पुस्तकको समीक्षा गर्दै धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले धौलागिरिको पत्रकारिताको ७० वर्ष लामो इतिहासको विविध खोज, अध्ययन र अनुसन्धानमूलक सामग्रीसहितको पुस्तक सङ्ग्रहणीय र पठनीय भएको बताए ।
धौलागिरिको पत्रकारिता अलि फरक र रोचक इतिहास भएको तर लिपिबद्ध नहुँदा निकै समस्या भएको पाइएकाले ७० वर्षको इतिहास, वर्तमान र धौलागिरिको पत्रकारिताका विषय समेटेर पुस्तक प्रकाशन गरेको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष दिल शिरिषले बताए । “हस्तलिखितदेखि डिजिटल पत्रकारितासम्म र बागलुङदेखि मुस्ताङ, म्याग्दी र पर्वतसम्मको महासंघको इतिहास सबै समेटिएको छ”, शिरिषले भने, “अब धौलागिरिको पत्रकारिता बुझ्न पुस्तक पढे हुन्छ, नयाँ पुस्तालाई सजिलो हुनेछ ।”
सिङ्गो धौलागिरिको पत्रकारिताको सात दशकको अनेकन पाटो केलाउने प्रयास गरिएको उक्त पुस्तकले भोलिको पुस्ताका लागि थप खोज, अध्ययन र अनुसन्धानका लागि पनि सन्दर्भ सामग्रीका रूपमा अमूल्य सम्पत्तिका रुपमा रहने बताइएको छ । पुस्तकमा यस क्षेत्रको पत्रकारिताको सात दशक अवधिको जीवन्त अभिलेखका रूपमा रहने गरी प्रकाशन प्रयास गरिएको नेपाल पत्रकार महासंघ बागलुङले जनाएको छ ।
पुस्तकमा २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिका ‘सहीबाटो’ देखि अहिलेको डिजिटल पत्रकारितासम्मका अभ्यास र अनुभव समावेश गरिएको छ । पुस्तकको पहिलो खण्डमा धौलागिरिको पत्रकारिताको इतिहास, पहिलेका पत्रकारिताका अभ्यास, कठिनाइ, र चुनौतीहरु समावेश गरिएको छ भने दोस्रो खण्डमा धौलागिरिका पत्रकारिताका विविध आयामलाई समावेश गरिएको छ । तेस्रो खण्डमा धौलागिरिका पत्रकारका अनुभव र अभ्यासको पाटो समावेश छ भने चौथो खण्डमा धौलागिरिमा पत्रकार महासंघको शुरुआत, सङ्घर्ष र हालको संस्थागत विकासको अवस्था उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार