ओलीको नयाँ दाउ–महन्थलाई प्रम बनाउ
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १८:४५:१३
५ वैशाख, काठमाडौं । गत फागुन ११ गते सर्वाेच्च अदालतले गरेको फैसलाले प्रधानमन्त्री केपी ओली कमजोर भए । कारण थियो– पुष ५ गते उनले गरेको प्रतिनिधिसभा विघटनको निर्णयको खारेजी । लगत्तै फागुन २३ मा सर्वाेच्चकै अर्काे फैसलाले ओलीलाई शक्तिशाली बनाइदियो ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपा विघटन गरी पूर्ववत अवस्थामा फर्काउने अदालती निर्णयले ओली एकाएक वहुमतमा पुगे । दुई पार्टी एकीकरण हुँदाको संरचनामा अल्पमतमा झरेका ओली एमाले पुनस्थापना हुने वित्तिकै वहुमतको हैसियतमा उक्लिए ।
यसपछि ओलीको डण्डा चल्यो । डण्डाको चोटमा परे वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार शीर्ष नेता । नेता नेपाल पार्टी र संसदीय दलमा समेत अल्पमतमा परे । त्यसको फाइदा ओलीले गज्जबैले उठाए । अनुशासनको नाममा ओलीको निरंकुता चरमचुलीमै पुग्यो । तर विद्रोह गर्ने क्षमता नेपाल पक्षमा थिएन । तर पार्टी भित्र अन्तर्संघर्ष गर्ने नाममा नेपालहरु पेलिएरै भएपनि समानान्तर कमिटी गठनमा जुटे ।
असन्तुष्ट पक्षको यस्तो हर्कतलाई ओलीले नियालिरहेको र सीमा नाघेपछि फेरि प्रहार गर्छु भन्दै थिए । यसैबीच कर्णाली प्रदेश सरकारले विश्वासको मत लिने अवस्था आयो । ओलीलगायत सबैलाई लागेको थियो अब माओवादी केन्द्र नेतृत्वको सरकार ढल्यो । तर निर्णय अनौठो र अपत्यारिलो आयो । नेकपाकै नेपाल पक्षीय चार जना प्रदेश सांसद्ले अविश्वासको विपक्षमा मतदान गरे । अर्थात, उनीहरुले पार्टीको ह्विपको उल्लघंन गरे । बोलीचालीको भाषामा फ्लोर क्रस गरे ।
नेपालको संसदीय इतिहासमा पहिलो परिघटना थियो । धेरैलाई यस्तो अवस्थाको कल्पना नै थिएन । तर भयो । यसबाट सबैभन्दा बढी त्रसित ओली बनेका छन् । ओलीले यो हद्सम्मको निर्णय नेपाल पक्षले गर्ला भनेर अनुमान नै गरेको थिएन । नेपाल पक्ष अब इँटका जवाफ पत्थर से भन्ने निचोडमा पुगेको यो घटनाले पुष्टी गरेको छ ।
ओलीसँग रिङ भित्रै छिरेर युद्ध गर्ने निश्कर्ष नेपाल पक्षले निकालेको बुझ्न सकिन्छ । त्यसैले ओली भने अब फेरि प्रतिरक्षात्मक अवस्थामा धकेलिएका छन् । आवश्यक पर्दा जस्तोसुकै जोखिम मोल्ने दृढताका साथ ओलीसँग भिड्ने नेपाल पक्षको तयारीलाई ओलीले बल्ल सिरियसली लिएका छन् । त्यसैले उनी नयाँ रणनीति बनाउन लागिपरेका छन् ।
ओलीको अबको रणनीति दुईटा विषयमा केन्द्रित देखिन्छ । पहिलो भनेको माधव नेपाललाई एक्ल्याउने । त्यसका लागि नेपाल पक्षीय नेता कार्यकर्तालाई आफ्नो गुटमा ल्याउने । त्यो नभए एकताको नाममा शिथिल बनाउने । यही रणनीति अन्तर्गत ओलीले नेपाल पक्षका केही सांसद् र केन्द्रीय सदस्यहरुसँग वान टू वान टक गरिसके । तर नेपाल पक्षीय नेताहरु भने ओलीको बोली र गोलीमा फसेका छैनन् । नेपाललगायत चार शीर्ष नेता छाडेर ओलीसँग मिल्न नसक्ने उनीहरुको जवाफले ओली अफ्ठेरोमा छन् । अहिले नेपाल पक्षमा देखिएका ३८ जना सांसद्हरुले कर्णाली प्रकरण नदोह¥याउलान् भन्ने विश्वास हराएको छ ओलीमा । कतै केन्द्रीय सरकारको हविगत पनि त्यस्तै हुने त होइन भन्ने त्राश उनमा पलाएको छ ।
त्यसैले ओलीले अर्काे रणनीति तयार गरेका छन् । अब प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग सत्ता साझेदारी गर्ने । आवश्यक परे महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउन उनी तयार छन् । उता,माओवादी केन्द्रले आज भोलि नै समर्थन फिर्ता लिने र काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास गरिरहेका छन् । त्यसको लगभग खाका समेत तयार भइसकेको छ ।
त्यसलाई भत्काउन ओलीले आफैं ठाकुर नेतृत्वमा नयाँ सरकारको प्रस्ताव गर्ने तयारी तीब्र बनाएका छन् । यस्तो अवस्था आयो भने डा. बाबुराम भट्टराई वा उपेन्द्र यादवसमेत चूप लाग्नुपर्ने हुन सक्छ । त्यसैले ओलीले यसको खाका तयार गर्न हिजो नयाँ पासा फ्याँकेका छन् । सर्वदलीय बैठक भनेर डाकिएको बैठकमा ओलीले अमेरिकी सहयोग नियोग एमसीसीको फण्डा फालिदिएका छन् । उनी चाहन्छन् यही मुद्धामा विपक्षीहरुलाई घेर्ने । सकेसम्म फाटो हाल्ने नभए ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि माओवादीको सेखी झार्ने उनको दाउ छ ।
ओलीको यो दाउले काम ग¥यो भने नयाँ सरकार बनाउने प्रकृया फेरि अवरुद्ध हुन सक्छ । एमसीसी पारित गराउन ओलीले थालेको लबिङमा कांग्रेस र जसपा एकै थलोमा आइसकेका छन् । यही मुद्धामा माओवादीसँग कुरा बाझिएको छ । नत्र हिजो नै देउवा नेतृत्वमा नयाँ सरकार बनाउने गरी ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो । त्यो सबै प्रयास फेरि भताभुङ्ग भएको छ । एमसीसी प्रकरणले माओवादीलाई कांग्रेस र जसपासँग मिलाउन भाँजो हाल्ने देखिएको छ । ओलीको यो प्रयासले काम ग¥यो भने फेरि पनि सत्ता साझेदारीको खेल अझै लम्बिने अवस्था आउने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार