ओलीको अराजकतामा पिल्सिएको संविधान
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:११:११
५ वैशाख, काठमाडौं । राजनीतिलाई स्वच्छ र पारदर्शी बनाउन विगतका विकृति विसंगति अन्त्य गर्नुपर्ने सोच व्याप्त भएपछि ०७२ को संविधानमा धेरै राम्रा व्यवस्था गरिए । त्यसै मध्येको एउटा थियो – मन्त्रिमण्डल बढीमा २५ सदस्यीय बनाउने । साथै, संघीय संसद्मा सदस्य नभएकाहरुलाई सकेसम्म मन्त्री नबनाउने । बनाउनै परे ६ महिना भित्र संघीय संसद्को सदस्य हुनैपर्ने ।
विगतमा सरकार टिकाउने नाममा ६० जनासम्मको जम्बो मन्त्रिमण्डल बनाउने प्रवृत्तिले जनतामा निराशा र आक्रोश थियो । त्यसैले संविधानमा यस्ता व्यवस्था गरिएका थिए । तर बिडम्बना वर्तमान केपी ओली नेतृत्वको सरकार संविधानको मर्म र भावनाको खिल्ली उडाउने अभियानमा भिडेको छ । कहिले मन्त्रालय फुटाउने त कहिले जनताले हराएकाहरुलाई नै प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने तहसम्मका हर्कत गर्न कस्सिएका हुन् ओली । अहिले पनि उनले व्यक्तिगत लाभका लागि संविधानको धज्जी उडाएका छन् । कहीं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो ओली सरकारमा अहिले ६ जना यस्ता मन्त्री छन् जो संघीय संसद्का सदस्य छैनन् ।
विगतमा माओवादी केन्द्रको उमेदवार रहेर चुनाव जितेका उनीहरु मन्त्री खानकै लागि ओलीको पार्टी प्रवेश गरेपछि कारबाहीमा परे । माओवादीले पार्टीबाट निष्काशन गरी सांसद् पद नै खारेज गरेपनि उनीहरु ओली मन्त्रिमण्डलमा टाँसिने मौका पाउने भाग्यमानीमा परेका छन् । यसको पछिल्लो श्रृखला गृहमन्त्री रामबहादुर थापा बादलसम्म पुगेको छ । आजै उनको राष्ट्रियसभाको सदस्य पद रिक्त भएको छ । सांसद् नरहने वित्तिकै उनको मन्त्री पदपनि खारेजीमा परेको छ । तर ओली भने उनलाई आजै साँझ पुन सोही मन्त्री पदमा सपथ गराउँदैछन् । राजनीतिमा यो भन्दा ठूलो धोकाधडी अरु के होला ?
ओलीलाई संविधान वा नैतिकताको कुनै त्राश छैन । उनी त केवल आफ्नो अभिष्ट पूरा गर्न जस्तोसुकै काम गर्न पछि पर्दैनन् । ओली मन्त्री मण्डलमा अहिले माओवादीबाट ओली पक्षीय एमालेमा पोइल गएकाहरुको हालीमुहाली छ । हाम्रो संविधानले यस्तै अवस्थाको कल्पना गरेका होला त ? ओलीले यसको जवाफ दिने आँट वा हिम्मत देखाउलान् त? पक्कै देखाउने छैनन् । त्यसैले अब ओलीको विकल्पमा नयाँ सरकार नबनाउने हो भने नेपालको संविाधान हरेक दिन बलात्कृत हुने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार