कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:३०:१९
५ वैशाख,बलेवा । कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मतको काम शुरु गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम शुरु गरिएको हो ।
चैतको दोस्रो सातादेखि शुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म पहिराका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । करिडोरमा खसेको पहिरो पन्छाउने काम शुरु गरिएको इन्जिनीयर सुरेन्द्र गौतम बताउछन् ।
दुई वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभागअन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । दश किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ ।
“ट्र्याक खुला भएका सडक बाह्रै महिना चलून् भन्ने हो”, इन्जिनीयर गौतमले भने, “अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।” विभागले रु पाँच करोडको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम शुरु गरिएको गौतमले बताए ।
लामा÷आइएस÷एसी जेभीले करिडोर मर्मतको जिम्मेवारी लिएको छ । रु दुई करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउने छ । तेह« हजार १३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र एक हजार ६२२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ ।
योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटर्निङ वाल, कङ्क्रिट वाल र सडकमा रहेका ढुङ्गामाटो पन्छाउने काम रहेको इन्जिनीयर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । “बजेट थपिँदैन भनेको छ, मजदूर प्रशस्त रहेकाले काम धमाधम भइरहेको छ”, कम्पनीका सञ्चालक दीपक अदैले भने, “तोकेकै समयमा काम सक्छौँ ।”
राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पामा रहेको र यहाँका स्थानीय तहले बेवास्ता गरेका कारण करिडोरको दश किलोमिटर खण्डमा कैयौँ ठाउँमा अवरोध छ । बिहीबार वर्षापछि आएको बाढीले कालाखोला क्षेत्रमा क्षति पु¥याएपछि कठिनले सवारी चलिरहेका छन् । “मालढुङ्गाबाट काम शुरु भएको छ, बढीमा सात किलोमिटरमा यस वर्ष काम हुन्छ”, गौतम भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार