काठमाडौंबाट भाउजुको हत्या आरोपमा देवर पक्राउ
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २१:१०:१५
५ वैशाख, काठमाडौं । काठमाडौं प्रहरीले भाउजुको हत्या गरेको आरोपमा उनका देवरलाई नियन्त्रणमा लिएकाे छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार काठमाडौं महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई प्रहरीले पक्राउ गरेकाे हो
भाउजु रोशनीलाई देवर मोहनले फलामको रडले टाउकोमा हानेर हत्या गरेकाे प्रहरीले जनाइएको छ । मोहनले बुलबुले मार्गको गल्लीमा भाउजुलाई रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भाउजुको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएका थिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका भण्डारीले भाउजू पसलमा तरकारी लिन गएर फर्किँदा फलामको रड (खन्ती) ले हिर्काएका थिए । घटना भएलत्तगै रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, केहीबेरमै उनकाे उपचारका क्रममा मृत्यु भएको बताइएको छ।पक्राउ परेका मोहनलाई अहिले प्रहरी वृत्त वानेश्वरको हिरासतमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
वडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार