त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्डस्द्वारा मलेशिया पराजित
कुसुम सेञ्चुरी
बैशाख ५, २०७८ सोमबार १:३१:५९
५ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन बनायो । एक सय ९२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेसियाले आठ विकेट गुमाउँदै १७६ रन मात्र बनायो ।
नेदरल्याण्ड्सको लागि म्याक्स ओडाउडले शतकीय पारी खेले । उनले ७३ बलमा अविजित १३३ रन बनाए । यसक्रममा उहाँले ६ छक्का र १५ चौका प्रहार गरे । यस्तै कप्तान बेन कुपरले २० तथा स्कोट इडवार्डले ३१ रन बनाए । बलिङतर्फ मलेशियाका लागि पवनदीप सिंह र अनवर अहमदले एक/एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रेको मलेसियाको खराब सुरुवात रह्यो । मलेसियाले २० रन बनाउँदा तीन विकेट गुमाएको थियो । मलेसियाका लागि सरभिन मुनिडेले २८, विरनदिप सिंह ८७, अनिमुद्दिन राम्लेले २६ तथा सर्भिन मुनिन्डेले २८ रन बनाए ।
बलिङतर्फ नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिनुभयो । प्रतियोगितामा नेपालले सोमबार मलेसियासँग आफ्नो दोस्रो खेल खेल्ने छ । पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । तीन देश सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल शीर्ष स्थानमा नेदरल्याण्ड्स दोस्रो तथा मलेसिया पुछारमा छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार