जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ सोमबार २:१९:२७
५ वैशाख, टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँग अन्त्य गरेका हुन् ।
जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गरेका थिए । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पु¥याउने बताएका थिए । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ ।
अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताएको बुझिएको छ । घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।
जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ । हालसालै कोभिडका घटनाहरूमा देखिउको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ । जापानले महामारी सुरूभएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी
चैत १५, २०८० बिहिबार
बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?
चैत १४, २०८० बुधबार
परपुरुषसँग अवैध सम्बन्ध राख्ने महिलालाई ढुंगाले हानेर मार्ने तालिवानको घोषणा
चैत १४, २०८० बुधबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार