ओली पक्षीय केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १३:३०:१८
६ वैशाख, काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा दोस्रो पटक लिखित निवेदन दर्ता गराएको भोली पल्ट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। पार्टी भित्र जिल्ला तहसम्म समान्तर कमिटी गठन, समान्तर गतितविधि र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओलीले बैठक डाकेका हुन्।
बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने तथा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको भट्टराईले बताएका छन् ।
जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने, महाअधिवेशन तयारी लगायतका विषय पनि बैठकको एजेण्डा बनाइएको छ। उप-निर्वाचन तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ।
ओलीपक्षीय बैठकमा खनाल- नेपाल पक्ष भने सहभागी नहुने बताएको छ। यसै बीच नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक अपिल गरेका छन् ।
गत फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले ब्यूँतिएपछि २८ फागुन र चैत ७ मा अध्यक्ष केपी ओली पक्षले गरेको सबै निर्णय बदर गरी आफूहरूलाई आधिकारिकता दिन माग गर्दै हिजो मात्र माधव नेपाल पक्षले आयोगमा निवेदन दर्ता गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार